बिदुर आचार्य, खाडिचौर , सिन्धुपाल्चोक । संघीयताको मूल मन्त्र ‘गाउँगाउँमा सिंहदरबार’ अहिले यथार्थमा रूपान्तरित हुँदै गएको छ । देशले संघीयता अपनाएको आठ वर्षपछि स्थानीय सरकारहरूले सेवा प्रवाहको दायरा राजधानीसम्म विस्तार गर्दै जनप्रतिनिधिले संकघीयताको आत्मा अझ जीवन्त बनाएका छन् ।
सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहले नागरिकलाई सेवा नागरिकको नजिकै पुर्याउने प्रयास स्वरूप राजधानीसम्म सेवा शिविर सञ्चालन गरेका छन् । बलेफी गाउँपालिका वडा नं. ६ ले नागरिकको घरदैलोमै पुगी पाँचदिने शिविरमार्फत ८२४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्यो ।