काठमाडौं । अब सिन्धुली अस्पताल पेपरलेस हुने भनेको छ । प्रदेश सरकार मातहत रहेको उक्त अस्पतालमा पेपरलेस प्रविधिको उद्घाटन गरेपछि अब पेपरलेस बन्ने भनेको हो । सो अवसरमा पूर्व मेडिकल सुपरिटेन्डेन्ट समेत रहेकी डा गौतमलाई तत्कालीन समयमा पुर्याएको योगदान र सचिव भएपछि पनि सिन्धुली अस्पतालको विकासमा गरेको साथ र सहयोगका लागि अस्पताल परिवार एवं नागरिक समाजको तर्फबाट अभिनन्दन गरिएको छ ।