१५ माघ २०८२, बुधवार

शुभेच्छुक र मतदातासँग प्रत्यक्ष संवाद बढाउँदै महेश बर्तौला, मध्यवर्ती र भूमिको समस्या नीतिमै सुधार गरेर सुल्झाउने प्रतिबद्धता

माघ १४, हेटौंडा, मकवानपुर 

फागुन २१ गते हुन गइरहेको निर्वाचन नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नं. २ मा नेकपा (एमाले) का तर्फबाट सूर्य चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका उम्मेदवार महेश बर्तौलाले आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । उनी मतदाता, पार्टी कार्यकर्ता र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी सन्देश फैलाइरहेका छन् ।