२६ माघ २०८२, आइतवार

फेरि संसदमा पुगेर बाँकी कानुन निर्माण गर्छु : शेरबहादुर तामाङ

२५ माघ , काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर तामाङले पुनः सांसद निर्वाचित भए आफूले अधुरा छोडेका कानुन निर्माणका कामहरूलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जोरपाटीस्थित नारायणटारमा आयोजित उम्मेदवार–मतदाता भेटघाट कार्यक्रममा बोल्दै उहाँले आगामी संसदमा आफ्नो प्राथमिकता स्पष्ट गर्नुभएको हो।