२० चैत २०८२, शुक्रवार

मेलम्चीमा ‘स्वस्थ शहर’ अभियान, प्रदेश सरकारको स्वास्थ्य केन्द्रित विकास

मेलम्ची ।  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मा ‘एक जिल्ला, एक स्वस्थ शहर’ अभियान अन्तर्गत नगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख आइतमान तामाङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता देखिएको थियो।