सिन्धुपाल्चोक । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बिहीबार फ्याफुल्ल युवा क्लब, डाँडागाउँमा आयोजना गरिएको उक्त शिविरबाट कुल ६५३ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।