हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ किउलमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर प्रतियोगितात्मक कृषि जैविक विविधता प्रदर्शनी मेला–२०८३ आयोजना गरिएको छ । स्थानीय स्तरमा उत्पादन हुँदै आएका रैथाने बाली, परम्परागत बिउबिजन तथा अर्गानिक खेती प्रणालीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ ।