सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा रहेको श्री भूमेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट तथा विद्यालयका लागि आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ। उक्त सहयोग Global Inclusive Adventure Organization ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरेको हो।