सुकुटे । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० मा समुदायमा आधारित ‘एक वडा एक कफी उत्पादन’ कार्यक्रमअन्तर्गत संयुक्त कार्यक्रम अनुगमन, कृषि सामग्री वितरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ। जिल्ला कफी सहकारी संघका अध्यक्ष मन्दु थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सरलसहयात्री पौडेल प्रमुख अतिथि तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा र वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङ विशेष अतिथिका रूपमा सहभागी भएर सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कृषि विकास कार्यालय धुलिखेल, नगर कृषि विकास कार्यालय, स्थानीय संघसंस्था तथा विभिन्न कफी उत्पादक समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।