२७ जेठ २०८३, बुधवार

मेलम्चीमा स्तनपान प्रवर्द्धन र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे कानुन कार्यान्वयनमा जोड

मेलम्ची, सिन्धुपाल्चोक। शिशुको स्वस्थ विकासका लागि स्तनपानको महत्वलाई समुदायस्तरसम्म पुर्‍याउने तथा लागूऔषध दुव्र्यसनका बढ्दो चुनौतीलाई न्यूनीकरण गर्ने उद्देश्यसहित मेलम्ची नगरपालिकामा सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा मेलम्ची नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रमले मातृ–शिशु स्वास्थ्य र सामाजिक स्वास्थ्यसँग सम्बन्धित दुई महत्वपूर्ण विषयलाई केन्द्रमा राखेको थियो।