हेलम्बु । आठौं संस्करणको पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा हेलम्बु गाउँपालिका र पाँचपोखरी हिमालयन क्रिकेट क्लबले प्रभावशाली जित हात पार्दै आफ्नो उपाधि यात्रालाई थप मजबुत बनाएका छन्। बिहीबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न दुवै खेल एकतर्फी बनेका थिए।