३१ जेठ २०८३, आइतवार

बलेफी–६ का नागरिकलाई काठमाडौं मेडिकल कलेजमा उपचारमा विशेष छुट

बलेफी । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ६ का नागरिकहरूले अब भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड र बलेफी गाउँपालिका वडा नं. ६ बीच आइतबार सम्झौता भएको हो।