काठमाडौं । ओम्स नेपालले क्यान्सर रोगसँग जुधिरहेका आफ्ना सहकर्मी अर्जुन कुमार कार्कीको उपचार सहयोगार्थ उल्लेखनीय आर्थिक सहायता प्रदान गरेको छ। बजार व्यवस्थापन तथा बिक्री क्षेत्रमा कार्यरत श्रमिकहरूको साझा संगठन अर्गनाइजेसन अफ मार्केटिङ म्यानेजमेन्ट एण्ड सेल्स वर्कर्स (ओम्स नेपाल) ले क्यान्सर रोगसँग जुधिरहेका आफ्ना सहकर्मी कार्कीको उपचार सहयोगार्थ २ लाख ४७ हजार ८५ रुपैयाँ संकलन गरी पीडित कार्कीलाई हस्तान्तरण गरेको हो ।