५ असार २०८३, शुक्रवार

बार्हविसे नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा, स्वास्थ्य क्षेत्रमा थप लगानीको प्रतिबद्धता

सिन्धुपाल्चोक । यहाँको बार्हविसे नगरपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै नगरपालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ। खोप कार्यक्रमलाई अझ प्रभावकारी, गुणस्तरीय र दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धतासहित आयोजित कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धिका विषयमा समेत व्यापक छलफल गरिएको थियो।