सिन्धुपाल्चोक । यहाँको बलेफी गाउँपालिकाभित्र सञ्चालित विभिन्न व्यापारिक तथा स्वास्थ्यसम्बन्धी संस्थाहरूको संयुक्त अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको नेतृत्वमा सम्पन्न उक्त अनुगमन टोलीको संयोजन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले गर्नुभएको थियो।