सिन्धुपाल्चोक । यहाँको सुनकोशी गाउँपालिका–६ थुम्पाखर निवासी प्रतिष्ठित उद्योगी, समाजसेवी तथा सहयोगी व्यक्तित्व मोहन बिक्रम कार्कीले विद्यालयमा बस खरिद गर्न ३५ लाख आर्थिक सहयोग प्रदान गर्नु भएको छ । सोहि वडामा रहेको श्री महेन्द्रोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहज यातायात व्यवस्थापनका लागि विद्यालय बस खरिद गर्न ३५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नु भएको हो।