१५ असार २०८३, सोमवार

स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको बागमती प्रदेशस्तरीय प्रथम भेला

मेलम्ची । मेलम्ची नगरपालिकाको आयोजनामा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको बागमती प्रदेशस्तरीय प्रथम भेला मेलम्चीमा भएको छ। बागमती प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूलाई एकै थलोमा भेला गराई अनुभव आदानप्रदान, स्थानीय सरकार सञ्चालनमा देखिएका चुनौती तथा समाधानका उपायबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।