काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीका विभागीय प्रमुख तथा सचीवहरुको बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रदेश कमिटीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख दावादोर्जे लामाले र संचालन प्रदेश कमिटी सचिव तथा स्कुल बिभाग प्रमुख बालकृष्ण देउजाले गर्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेश इन्चार्ज तथा पार्टीका केन्द्रीय सचिव महेश बस्नेत प्रमुख अतिथि, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । प्रदेश उपसचिव तथा प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष दावादोर्जे लामाले बैठकका विषयवस्तु प्रस्तुत गर्नुभएको थियो ।