१८ असार २०८३, बिहिवार

नेपाल ल क्याम्पसको ७२औँ वार्षिकोत्सव, उत्कृष्ट विद्यार्थी तथा कानूनी क्षेत्रका प्रतिभा सम्मानित

काठमाडौं ।  देशकै एक मात्र विशिष्टीकृत कानूनी शिक्षाको शैक्षिक संस्था नेपाल ल क्याम्पसको ७२औँ वार्षिकोत्सव बुधबार भव्य रूपमा सम्पन्न भएको छ । क्याम्पस प्रमुख डा. श्यामबहादुर कार्कीको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालय कानून संकायका पूर्व डीन प्रा. डा. अम्बरप्रसाद पन्तको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा शैक्षिक, अनुसन्धान तथा विद्यार्थी उपलब्धिलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सम्पन्न गरिएको हो ।