२० असार २०८३, शनिवार

इन्द्रावती–११ मा डेंगी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिका–११ बोडगाउँमा डेंगी संक्रमण नियन्त्रण तथा रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा अभिमुखीकरणसहित जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो।