२३ असार २०८३, मङ्गलवार

योगमायाको सपना व्यवहारमा उतार्न सबैको साझा प्रतिबद्धता आवश्यक : राष्ट्रिय महिला आयोग सदस्य खतिवडा

काठमाडौं । राष्ट्रिय महिला आयोगको सदस्य कृष्णकुमारी खतिवडाले महान् समाज सुधारक योगमाया न्यौपानेले देखाएको सत्य, न्याय, समानता र सामाजिक रूपान्तरणको मार्गलाई व्यवहारमा उतार्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएकी छन्।

योगमाया न्यौपानेको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सदस्य खतिवडाले योगमाया नेपाली समाजमा अन्याय, विभेद, अन्धविश्वास र लैङ्गिक असमानताविरुद्ध निर्भीक रूपमा आवाज उठाउने अग्रणी समाज सुधारक भएको उल्लेख गरेकी छन् ।  तत्कालीन समाजमा महिलामाथि हुने विभेद, बालविवाह, बहुविवाह, छुवाछुत तथा सामाजिक कुरीतिका विरुद्ध योगमायाले थालेको अभियान आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ थियो।