काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाइ पार्टी अध्यक्ष बाट बलपूर्वक हटाउन पर्छ भन्ने कुरा उपयुक्त नभएको बताउनु भएको छ । पार्टी सुधार अनिवार्य आवश्यक भएको तर सुधार भनेको अध्यक्षलाइ हटाउने मात्रै बुझ्नु गलत भएको उहाँको भनाइ छ ।
महाधिवेशन बाट निर्वाचित अध्यक्ष कुनै एउटा बिषयमा केन्द्रीय कमिटीभित्र अल्पमतमा पर्दैमा अध्यक्ष पदबाट हटाउनुपर्ने तर्क उपयुक्त नभएको बताउनु भएको हो ।