महेशराज खरेल, काठमाडौं । मानव चेतनाले सँधै शासनकाे ध्येय राख्याे । चाहे त्याे आदिम कालमा हाेस् चाहे कविला काल हुँदै दास युग भनाै वा सामन्तवादी युग वा भनाै वर्तमान पूँजीवादी युगनै किन नहाेस् । सबै कालखण्डमा विश्व जगतमा अरुमाथि शासन गर्ने र आफु शासक हुने अभिष्ट रहेकाे पाइन्छ ।
नेपालकै मात्र कुरा गर्ने हाे भने पनि हरेक राजनीतिक घटनाक्रममा एउटा वर्गकाे शासकले गरेकाे शासन सामयिक भएन । यस्ले जनता र राष्ट्रकाे हितमा राज्यकाे स्राेत र साधनकाे उपयुक्त प्राप्ति, उपयाेग र सदुपयाेग गर्न सकेन । भएकाे स्राेत र साधनलाई आफू र आफ्ना परिवार अनि आफ्नाे वर्गमा मात्र सीमित गर्याे । देश हाम्राे पनि हाे । देशकाे साधन र स्राेतमा हाम्राे पनि हक रहन्छ । याे प्रकारकाे खण्डित साेच र चेतनाले देश विमासकाे फड्काे मार्न सकिन्न । अब हामीले हाम्राे पहलमा देश विकासकाे फड्काे मार्नु हाम्राे कर्तव्य हाे । हामीलाई जनताकाे साथ भयाे भने अब हामी काम गर्छाै । यस्तै भाष्य निर्माण हुने गरेका थिए र छन् ।
अझ समय सन्दर्भ र विश्व परिवेश अनुकुल आफ्नाे देशकाे आन्तरिक राजनीतिक परिवर्तन हुन नसकेका कारण हाम्राे जीवनस्तर विश्व मानव जीवनकाे स्तरकाे तुलनामा धेरै तल रह्याे । अब परिवर्तन अपरिहार्य छ भन्दै विभिन्न समयमा विविध प्रयत्न, आन्दाेलन र रुपान्तरण भएका छन् । १९९७ साल, २००७ साल, २०२८ साल, २०३६ साल, २०४६ साल, २०६३ सालका राजनीतिक प्रयत्नहरु तिनकै जगमा भएका थिए र ती परिवर्तनहरु राजनीतिक उदेश्य पूर्तिका लागि भए, गरिए । सबै आन्दाेलनहरु राजनीतिक रुपमा परिभाषित हुन सके, भएका छन् । परिणामत: राष्ट्रले पनि केही हदसम्म विकास र चेतनाकाे काँचुली फेर्न सक्याे भन्ने बाेध हुन्छ ।
यसै सन्दर्भमा देश र जनताकै विद्यमान समस्याकाे समाधान खाेज्नेक्रमकै परिणाम स्वरुप पछिल्लाे अर्थात २०८२ साल भदाै २३ र २४ काे जेन जी नामकाे विद्राेह जन्मिएकाे हाे भनिन्छ ।
तर त्याे आन्दाेलनमा प्रष्ट राजनीतिक प्रणाली परिवर्तनकाे उदेश्य देखिएन । केवल सामाजिक संजालमाथिकाे प्रतिबन्ध फुकुवा गर्नु पर्ने, भ्रष्टाचार राेक्नु पर्ने, देशमा राेजगारी सृजना हुनुपर्नेलगायत जेन जेड उमेर समुहका युवा पुस्ताका असन्तुष्टि समेटिएका मागकाे उठान भएकाे थियाे । त्यहाँ राजनीतिक पार्टी विशेषका साेच दृष्ट्रिकाेण, आदर्श र उदेश्य केही पनि थिएनन् । न त राजनीतिक पार्टी विशेषकाे ब्यानर थियाे न त पार्टीकाे काेही नेताले अगुवाइ नै गरेकाे थियाे । काेही अमुक व्यक्तिले पानी बाड्ने र शाैचालयकाे व्यवस्था गरेकाे हाे भन्ने देखिन्थ्याे । केवल शासकीय शैली विरुद्धकाे आन्दाेलन थियाे त्याे ।
आन्दाेलनकाे मार्ग पनि शान्तिपूर्ण प्रदर्शन (डेमाेस्ट्रेशन) नै थियाे । अचानक आँधीबेहेरीजस्ताे आएर आन्दाेलन हाईज्याक भयाे । भनिन्छ आन्दाेलन आफ्नै माग राखेर, आफ्नै ब्यानरमा, आफ्नै उदेश्य प्राप्तिका लागि गरिने गर्छ । इतिहासले सिकाएकाे कुरा यही नै छ ।
प्रष्ट आफ्ना राजनीतिक माग र उदेश्य लुकाएर अरुकै विषय वस्तु र संवेदनशिल कुरा उठान गराएर, त्यस्तै संवेदनशिल पक्ष, क्षेत्र र समुदायलाई अगाडि सारेर, हुने गरेका जायज अनि न्यायिक आन्दाेलनलाई हठात पछाडिबाट अरुनै कुनै अदृष्य शक्तिले आफ्नाे गलत अभीष्ट पूरा गर्ने माध्यम बनाउन थालेकाे चर्चा विश्वमा हुने गरेकाे छ ।
त्यसै कारणले हुन सक्छ नेपालकाे जेन जी आन्दाेलनकाे कर्ता अहिले नेपथ्यमा पुगेकाे छ । रङ्गमञ्चमा अरुनै पात्रहरुकाे हालीमुहाली छ ।
विशेषत: शासकीय कमिकमजाेरी वा प्रवृति विरुद्ध अल्गाेरिदम र अन्य यस्तै प्रक्रियामार्फत जनतालाई अनावस्यक भड्काएर प्रदर्शनमा उतारेर पूरा गरिने यस्ता आन्दाेलनहरु 'कलर रिभाेलुशन'(color revolutoin)का नामले चिनिन्छन् । एशियाका बंगलादेश, श्रीलङ्का, इन्डाेनेशिया लगायत देशमा भएका विध्वंसात्मक आन्दाेलन यसकै परिणाम हुन् । नेपाल त्यसकाे एक जीवन्त उदाहरण हाे । पछिल्लाे समय भारतमा कक्राेचकाे नाममा गरिएकाे दवावलाई पनि एउटा दृष्टान्त मान्न सकिन्छ ।
विषय खासै ठुला नचाहिने, प्रविधि मार्फत शासकका शासकीय कमिकमजाेरी विरुद्ध जनताकाे मन उद्वेलित पारिदिए पुग्छ । घर,चुल्हाे र सडकमा त्यसकाे प्रयाेग गर्ने यसकाे शैली बुझिन्छ । जनतालाई पनि यस्ताे लाग्छ, देशकाे अवस्था, स्राेत साधनकाे प्राप्तता, त्यसकाे प्रयाेग उपयाेगले कुन स्तरकाे विकास र सुविधा पाउन सकिन्छ त्यतापट्टी नसाेची एकैचाेटी विकसित देशकाे जस्ताे विकास र सेवाकाे स्तर पाउने महत्वकाङ्क्षा यसले जाग्रित गराइ दिन्छ ।
सिधा साधा जनतानै कुराकाे चुराे नबुझी सरकार विरुद्ध आक्राेश व्यक्त गर्न पुग्छन् । यस्ताे अवस्थामा विदेशी शक्तिकाे कुरै नगराैं । ऊ ढाडे बिरालाेले मुसा ढुकेजस्ताे कमजाेर राष्ट्रमाथि अधिपत्य जमाउन सदा दाउ पर्खेर बसेकाे हुन्छ । यसैलाई भूराजनीतिक भनेर अर्थ्याउने गरिन्छ ।
नेपालकाे २०८२ भाद्रकाे आन्दाेलन यस्काे एक उदाहरण हाे भनिन्छ ।
हाे पनि २०८२ भाद्रकाे आन्दाेलन, जेन जी उमेर समुहकाे असन्तुष्टि भनियाे । सामाजिक संजाल बन्दकाे विषय उठान भयाे । महगी भ्रष्टाचार, अनियमितता, बेराेजगारी, नेपाे बेबी लगायतका विषय थपिए । आन्दाेलन शान्तीपूर्ण चलेकाे थियाे । तर आन्दाेलनलाई कसैले हाईज्याक गर्याे । आन्दाेलन आव्हानकर्ता हेरेका हेर्यै भए । संसद भवनमा आक्रमण भयाे । आगजनी गरियाे । १९ जना निर्दाेष विद्यार्थीकाे अनाहकमा ज्यान गयाेे । भाेलीपल्ट सरकारले राजिनामा दिइसकेपछि देशमा उत्पात मच्चाइयाे । आगजनी, ताेडफाेड, आक्रमण गरेर देश ध्वस्त पारियाे । जेल ब्रेक गरेर गरिएका अराजक कार्यहरुमा हजाराै अपराधीहरु सुरक्षाकर्मीका हतियार खाेसेर बाहिरिए । तीनजना सुरक्षाकर्मी सहित पचासजना भन्दा बडी मानिसकाे ज्यान गयाे । खर्वाैंकाे आर्थिक क्षति गरियाे । सरकारी भवन मात्र नभएर व्यक्तिका व्यवसाय र भवनहरु पनि जले । देश सरकार विहिन बन्याे बनाइयाे ।
नष्ट गरेर निर्माणकाे सपना देख्ने याे विचित्रकाे अभियान देखा पर्याे नेपालमा ।
देशमा प्रमुख दुई ठुला राजनीतिक दाल, नेकपा एमाले र नेपाली काँङ्ग्रेशकाे सरकार बन्नु उपयुक्त हुन्थ्याे कि हुन्न थियाे ? त्याे संसदीय मूल्य मान्यता अनुरुप मानिन्छ कि मानिदैन । त्याे बेग्लै कुरा हाे । राजनीतिक पार्टीहरुमा मूल्य मान्यता भन्दा सत्ता र शक्ति प्रिय भएर आउँदा यस्ताे हुन्छ सायद । तर उनीहरुकाे शक्तिशाली दुई तिहाइकाे संयुक्त सरकार ढल्याे । सत्ता उलटपुलट भयाे । संवैधानिक प्रावधान विपरीत अर्काे सरकार बन्याे । मध्यावधि निर्वाचन भयाे । एमाले लगायत पुराना दलकाे सर्वनाक हार भयाे । समयलाई आफ्नाे पक्षमा तान्न गगन थापा र विश्व प्रकाशले खेलेकाे धुमिल राजनीतिक खेलले पनि ड्याङ खायाे । रास्वपाले अप्रत्याशित झण्डै दुईतिहाई सिट प्राप्त गर्याे । यस सरकारले कस्ताे काम गर्छ त्याे प्रतिक्षाकाे विषय छ ।
राजनीतिमा छाएकाे याे शकुनि चाल बुझेर पनि नबुझेझै गर्न सबै राजनीतिक पार्टीहरु विवस छन् । सडकमा आज यस्ता कुुराहरुले स्थान पाउने गरेका छन् । देशमा यस्ताे अवस्था आउनुकाे कारण खाेज्ने क्रममा त्यसकाे भेट्नाे छाम्न नसकेर आफैबिच एकले अर्काेलाई दाेष थुपार्ने प्रयत्न आज पुराना राजनीतिक पार्टीहरुमा भैरहेकाे छ ।
त्यसकै सेराेफेराेमा २०८२ मंसिरमा ने क पा एमालेकाे (अर्ली) ११ओै महाधिवेशन सम्पन्न गर्याे । काँग्रेसकाे विशेष महाधिवेशन पाैषमा भयाे । काँग्रेसकाे विशेष महाधेवेशनले पुरानाे नेतृत्व विस्थापन गर्ने आधार यही जेन जी आन्दाेलनलाई उत्ताेलक बनाएर पार्टी कब्जा गर्ने रणनीति बनायाे । ने क पा एमालेमा पनि यस महाधिवेशनले पार्टी भित्रकाे व्यापक असन्तुष्टि बाहिर ल्यायाे ।
एउटा पक्ष केही समय अगाडि देखिनै पार्टी नेतृत्वसँग असन्तुष्ट थियाे । याे समुह पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वमा ल्याउन चहान्थ्याे । तर २०८२ भाद्र २०- २२ सम्म चलेकाे दाेस्राे विधान अधिवेशन र २०८२ मंसिरमा सम्पन्न ११ ओै राष्ट्रिय महाधिवेशनले दुईतिहाइ मतकासाथ भैरहेकाे नेतृत्वलाईनै निरन्तरता दिने कार्य गर्याे।
त्यसपछि सम्पन्न २०८२ फागुन २१ गतेकाे आम निर्वाचनमा पुराना स्थापित राजनीतिक पार्टीहरु सबैले नराम्राे पराजय व्यहाेर्न बाध्य भए । यस परिणामले ने क पा एमाले भित्रका कमिकमजाेरीकाे समीक्षाकाे माग गर्याे । अहिले याे समीक्षा गर्भमा नै रहेकाे छ । काग्रेसले गर्ने भनेकाे महाधिवेशन हुन सकिरहेकाे छैन । प्रसव पीडामा काँग्रेस पार्टी छ । एमालेकाे हालत अझ दयनीय बनेकाे छ । यी दुबै पार्टीहरुकाे भावनात्मक एकता भाँडिएर ए क ता ? जस्ताे देखिँदैछ । यद्यपि निस्वार्थ नेता, कार्यकर्ताहरुले भने यस्ताे अवस्थाबाट पार्टीहरु मुक्त हउन् । पार्टीभित्र सुदृढ एकता बनाेस् भन्ने चहाना बाेकेकाे बुझिन्छ ।
यस परिप्रेक्ष्यमा नेकपा एमालेका नेतृत्व शैलीका गम्भीर कुरा बाहिर आएका छन् । जाे महाधिवेशनका लागि उपयाेगी मानिन सक्छन् ती विषयले आजभाेली अनाव्स्यक स्थान समय ओगटरहेका छन् ।
१) पार्टी अध्यक्षले पार्टीलाई लेनिनवादी संगठनात्मक सिद्धान्त र मान्यताका आधारमा चलाएनन् ।
२) न त हिजाे संसदीय राजनीतिक मान्यता अनुसार नै सरकार चलाएका थिए ।
३) उनी पार्टी र सरकारका सबै निर्णयमा एकल हावी भए । उनकाे नेनृत्व शैली एकल र निरङ्कुश प्रकारकाे भयाे ।
४) पार्टी नेतृत्वकाे गैर राजनीतिक र्शैलीका कारण कसैले पार्टीमा फरक मत राखेकै कारणले पाखा पर्नु पर्ने । कसैले समर्थन गरेकै कारणले केन्दमा पर्नु पर्ने हुन पुग्याे ।
५) पक्ष विपक्ष भनेर पार्टीमा कित्ताकाट गरियाे । नेतृत्व तहबाटनै निर्वाचनमा लविङ्ग गरियाे
६) यी सबै कार्यले पार्टी र सरकारकाे अन्तरजीवनलाई सुगठिलाे खँदिलाे बनाएन, खुकुलाे, फस्काे र कफल्लाे बनायाे । पार्टी कमजाेर भयाे । त्यसकारण अहिलेकाे निर्वाचन परिणामले सरकार बनाउने अवसरबाट पनि पार्टीलाई विमुख गरायाे ।
७) पार्टीलाई सुदृढ बनाउन पनि अब वर्तमान पार्टी नेतृत्वबाट सम्भव छैन । यसर्थ नेतृत्व हस्तान्तरण गरेर मार्ग प्रसस्त गर्नु पर्दछ ।
वर्तमान परिवेशलाई हेर्ने दुई धार देखिए
क) एउटा धार स्वयम् पार्टीअध्यक्ष के पी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापालगायत पक्षधरकाे छ। यस समुहकाे राजनीतिक विश्लेषणमा वर्तमानमा उत्पन्न राजनीतिक परिवेश, आफ्ना आन्तरिक कमिकमजाेरीका कारणले घटित नभइ याे बाह्य हस्तक्षेपकाे कारणले भएकाे हाे । यसकाे कारण आन्तरिक पक्ष प्रमुख नभएर बाह्य पक्ष प्रमुख हाे भन्ने रहेकाे छ । देश संचालनमा हाम्राे पार्टीकाे विचार, नीति, कार्यक्रम, विधि, पद्यति र नेतृत्व अहिले पनि ठिक छ । हाम्रा दृष्ट्रिकाेणहरु सपाट छन् । मुख्यकुरा हाम्रा राष्ट्रिय हितसँग सम्बन्धित राष्ट्रवादी अडानहरुकाे कारण हामीलाई अपदस्त गरिएकाे हाे । भएकाे वैधानिक सरकार र संसदलाई अवैधानिक तवरले भङ्ग गरेर निर्वाचन गराउने षड्यन्त्रपूर्ण खेलका कारण हामी निर्वाचनमा पराजित भएका हाै । याे हाम्राे राजनीतिक हार भन्दा पनि वैदेशिक हस्तक्षेप हाे भनेर बुझ्नु पर्छ । हामीले पार्टीलाई आन्तरिक रुपमा सुदृढ र एकतावद्ध बनाएर वर्तमान राजनीतिक चुनाैतिकाे सामना गर्नु पर्छ । नेतृत्व छाेड्ने, छाेडाउने कुरा वैधानिक कुरा हाेइन । भरखर केहि महिना अगाडि विधान र विधिसम्मत नेतृत्व निर्माण भएकाे हाे । विधि सम्मतनै बाहिरिन्छ । बखेडा झिकेर अनावस्यक कुरा र काम वा दबाबले पार्टीकाे एकता र शक्ति मात्र क्षयीकरण हुन्छ ।
ख) उपाध्यक्ष विष्णु पाैडेल, महासचिव शंकर पाेखरेललगायतकाे विचारमा - बाह्य पक्ष जहिल्यै हस्तक्षेपकाे सुरमा दाउ हेरेर बसेकाे हुन्छ नै । आन्तरिक कमिकमजाेरी नहुँदा बाह्य हस्तक्षेपले केही गर्न सक्दैन । यसर्थ हाम्राे आन्तरिक पक्षका कमिकमजाेरी प्रमुख कारकका रुपमा अर्थ्याउनु पर्छ र भएकाे पनि त्यही नै हाे । पार्टीलाई व्यक्तिगत जिम्मेवारी र सामुहिक नृतृत्वकाे अवधारणा विपरीत निजी र एकल नेतृत्वकाे धारणाले पार्टी बलियाे हुँदैन ।पार्टीमा फरक विचारकै कारण जिम्मेवारीबाट मुक्त हुँदै जाने हाे भने भाेली कालन्तरमा पार्टी रित्ताे हुन पुग्छ । यसर्थ समय छँदै पार्टी पुनर्निर्माण गर्न वर्तमान नेतृत्व हस्तान्तरण हुनुपर्छ र मात्रै पार्टी सुदृढ हुन सक्छ भन्ने मत आएकाे छ ।
यी दुबै बुझाइलाई वर्तमान परिवेशका कारककाे रुपमा आ -आफ्नाे ढंगले व्याख्या विश्लेषण गर्न सकिन्छ । निश्चितरुपमा पार्टी नेतृत्व असफल हुनु भनेकाे समग्र पार्टी असफलताकाे मार्गमा हिड्नु हाे । त्यसकारण पार्टीलाई सक्षम, सबल र वर्तमान चुनाैतीकाे सामना गर्न सक्ने बनाउन याेग्य नेतृत्वकाे खाेजी हुनु नाजायज हाेइन ।
सक्षम र याेग्य नेतृत्व कसरी निर्माण गर्ने याे प्रश्न पेचिलाे देखिन्छ ।
हरेक महाधिवेशनले नीति र नेतृत्व निर्माण गर्छ । त्यसबेला भएका सक्षम मध्येमा याेग्य लाई नेतृत्वमा निर्वाचित गरिन्छ ।
ने क पा एमालेकाे २०८२ साल मंसिरमा देशका राजनीतिक जटिलताहरुकाे विश्लेषण गरेर ती अड्चनहरु चिर्न अर्ली महाधिवेशन भएकाे हाे । त्याे पाँच वर्षका राजनीतिक उतारचढाव बुझ्न, झेल्न, थेग्न र ठाेस उपल्ब्धी हासिल गर्न सक्षम नेतृत्व यही हाे भनेर दुईतिहाई बडी मतले निर्वाचित गरिएकाे हाे । त्यस ताका पनि कतिपय पक्षबाट नेतृत्वका यिनै प्रकारका कमिकमजाेरीका कारण वैकल्पिक नेतृत्व निर्माणमा प्रयत्न भएकाे पनि थियाे । त्याे पक्ष महाधेवेशनमा अत्यन्त कमजाेर सावित भएर पराजित भयाे । त्यसताकानै नेतृत्व परिवर्तन गर्ने उपयुक्त अवसर पनि हुन्थ्याे, थियाे ।
महाधिवेशनमा अल्पमतमा परेकाे पक्षलाई साे विषयमा विधिसम्मत कुरा उठाउने हक सुरक्षित रहन्छ । त्यसमा नैतिक आधार पनि रहन्छ । तर पाँच वर्षका लागि निर्विकल्प नीति र नेतृत्व निर्माण गर्ने पक्षलाई अर्काे महाधिवेशन अगाडि आफुले निर्माण गरेकाे नीति र नेतृत्वका विषयमा अन्यथा कुरा गर्न, साेच्न, राजनीतिक र नैतिक आधार रहँदैन ।
अवधि नपुग्दै मात्र हाेइन नीति र नेतृत्व निर्माण गरेकाे छ महिना नपुग्दै नीति र नेतृत्व निर्माणकर्ताकाे मत र साेच परिवर्तन हुन पुग्याे भने यसले के संकेत गर्छ ?
कि त महाधिवेशन (विधान अधिवेशन समेत ) हरु नीति र नेतृत्व निर्माण कार्यका लागि अयाेग्य, असक्षम वा असवल थिए वा अवसरवाद प्रमुख रुपमा हावी भएकाे थियाे । नत्रता छ महिना अगाडि निर्विकल्प मानिएकाे विचार, नीति र नेतृत्व आज अयाेग्य मात्र भएन, सारा नकारात्मक परिणामकाे कारक त्यही हाे अरु हाेइन भन्न थालियाे भने अब पार्टी प्रक्रियाकाे ओैचित्य के रहला ?अनि पार्टी राजनीतिकाे विश्वसनीयता कता जाला ? बाँकी अरु पदाधिकारीहरुका प्रति प्रश्न उठ्छ कि उठ्दैन हाेला?
उल्लेखित प्रश्नहरुकाे हल निकाल्नु नै वर्तमानमा पार्टी भित्रका समस्याकाे उपचार हाे भन्न सकिन्छ ।
ने क पा एमालेमा यस्ताे राजनीतिक अड्चन पैदा भएकाे बेला काँग्रेश पार्टीका दुई समुह आमने सामने भएकाछन्, मल्ल युद्धकाे तयारी गर्न । ने क पा भन्ने अर्काे पार्टी पात कम भएकाे बेला बिहेकाे बरनीकाे ठुलाे टपरी बनाउन जाेडिने पात जस्ताे छ । कुनै पात कताका कुनै पात के का !
एकातिर इतिहास भएका राजनीतिक पार्टीहरु आन्तरिक खिचातानीमा यसरी अल्झिएकाे अवस्था छ । अर्काेतिर जेन जी पुस्ताकाे आन्दाेलनबाट निर्माण भएकाे पार्टी, सरकार र शुभेच्छुक समर्थकका बाहिर आएका कुरालाई सुन्दा उनीहरु भनिरहेका छन् । विगत ३५ वर्षमा देशमा केही पनि भएन । केवल भ्रष्टाचार अनियमितता मात्र भयाे । त्यसैकारण आज हाम्राे उपस्थिति भएकाे हाे ।
निश्चित रुपमा कुनै राजनीतिक पार्टी जन्मिनु र कुनै लाेप भएर जानू याे सामान्य कुरा हाे। राजनीतिक इतिहासमा कयाै यस्ता उदाहरण छन्, हुन्छन् । तर जुन भाष्य ३५ वर्षमा केही भएन भन्ने छ । के अवस्था त्यस्तै हाे त !
राजनीथिक समस्याकाे समाधान राजनीतिक रुपमा हुँदै जाला तर स्वतन्त्र नागरिक वा जनता भएर विगत ३५ वर्षलाई हेर्दा कस्ताे देखिन्छ ?
सामान्य चर्चा गराै ।
यी ३५ वर्षमा भएका कामकारवाहीलाई आग्रह पूर्वाग्रहमुक्त भएर विश्लेषण गर्याै भने निश्चित रुपमा निकै राम्रा र मुल्यवान कार्यहरु भएका छन् । साथसाथै केही कमिकमजाेरी पनि भेटिन्छन् ।
उपलब्धी र कमजाेरी वा सवलता र दुर्वलता सबै पक्षमा जहाँ पनि हुने गर्छन् । तिनकाे समाधान गर्नु समयकाे माग हाे । जनताकाे अपेक्षा हाे ।
उपलव्धी -:
ठुलाे प्रसव पीडाबाट देशमा प्रजातन्त्र, लाेकतन्त्र र गणतन्त्रकाे स्थापना भएकाे कुरामा कसैमा द्विविधा छैन । याे व्यवस्था वा प्रणाली ल्याउनमा यिनै पुराना भनिएका राजनीतिक पार्टीहरुकाे याेगदानले सम्भव भएकाे कुरामा विमति हुन सक्दैन । यसका निमित्त, राजनीतिक पार्टीहरु र राजनेताहरुले लामाे निर्वासन व्यहाेरे । कयाै राजनीतिक नेताहरुले बिसाैँवर्ष कष्टकर भूमिगत जीवन बिताए । कयाै राजनैतिक नेताहरुले बिसाैवर्ष कठाेर जेल जीवन ब्यहाेरे । भन्न सजिलाे हुन्छ गर्न गाराे विषय हाे । के पी शर्मा ओली मात्रले १४ वर्ष नेल हतकडी सहितकाे सेन्टर जेलकाे कालरात्रीमा कठाेर यातना सहे । सि पी मैनालीकाे नेतृत्वमा भएकाे नक्खु जेलब्रेकले उनलाई दन्यकथाकाे राजकुमारजस्ताे बनायाे । नेपाली काँग्रेसले लामाे निर्वाशन ब्यहाेर्याे । विपीजस्ता नेताकाे जीवनले पछिल्लाे प्रजातन्त्र देख्न भाेग्न पाएन । माओवादी वा नेकपाका आफ्नै कथाव्याथा, आफ्नै इतिहास छ । अरु साना मसिना क्षेत्रीय स्तरका पार्टीहरुका कथा अर्कै छन् । यी सबै राजनीतिक पार्टीका उदेश्य र अभियानलाई जनताले ठूलाे साथ,सहयाेग र वलिदान दिए र नै याे व्यवस्था आउन सकेकाे हाे । कसैकाे अनुकम्पा वा कृपाले याे व्यवस्था आएकाे थिएन र हाेइन पनि । यसरी ल्याइएकाे वा आएकाे व्यवस्थाका खेलाडी अर्थात राजनेताहरुप्रति सम्मान जाहेर गर्नेै पर्थ्याे । जनताले गरे पनि । यिनीहरुकाे नेतृत्वमा देशले पनि गति लिएकै हाे ।
१) हामीलाई थाहा छ ढाकर बाेकेर आएका मानिसहरु अहिले ती गन्तव्यहरुमा सहज गाडीबाट यात्रा गर्न सक्छन् । प्लेन आकाशमा उडेकाे मात्र देखेका जनता समेत प्लेन चडेर शयर गर्न सक्ने भएका छन् । सापेक्षतामा यस्काे विश्लेषण हुनु पर्दछ । गरिब बाबुले आफ्ना सन्ततिलाई धनी बाबुले दिएका सबै सुविधा एकैचाेटी दिन सक्दैन । प्रयत्न गर्छ । विस्तारै हुँदै जान्छ । याे करिव ३५ वर्षमा देशमा केही हुँदै नभएकाे पक्कै हाेइन, भएकाे छ । देश विकासका सूचकहरु मात्र हेर्याे भने कहाँकाे कहाँ पुगेकाे छ । आकाश पाताल फरक छ ।
२) देशमा शिक्षाकाे पहुँच जनसंख्याकाे ७६ प्रतिशतमाथि पुगेकाे छ । हिजाे कहाँ थियाे खाेजे हुन्छ ।
३) स्वास्थ संस्थाहरु देशभर विस्तार भएका छन् । प्रत्येक वडा कार्यालयमा हेल्थपाेष्ट पुगेका छन् । जनताकाे ओैषत आयु ५१ वर्षबाट बढेर ७१ वर्ष पुगेकाे छ । मातृशिशु मृतु दर घटेर धेरै तल ओर्लेकाे छ ।
४) स्कुल कलेजहरु आज गाउँ गाउँमा खुलेका छन् । दुई तीन घण्टा टाढा हिँडेर हामी आफैले स्कुलमा पढेका हाैँ । हिलाे काँदाे, वर्षे झरी, खाेलानाला बाढी पहिराेका सकस कसरी काटियाे त्याे व्यहाेर्नेले बुझेका छाै । यही ३५ वर्षमा राजनीतिक र सामाजिक अभियानमा जाेडिएर आमा बाबाले कष्टकर जीवन जीएरै भएपनि केही अवसर र चेतनाकाे कारण सन्ततिलाई सुखसँग हुर्काएर संसार चिन्न सक्ने याेग्य बनाएका हुन् । यी ३५ वर्षमा केही पनि भएन भनेर नाना भाँतीका अशिष्ठ शब्दमा गाली गर्नेहरु पनि यही अवधिका उपज हुन् ।
५) यदि उनीहरुचै सक्षम हुन् भने उनीहरुकाे सक्षमता विकास कुन समय खण्डमा कसरी काे बाट भएकाे हाे ? यही ३५ वर्षमा भएकाे हाेइन ?
६) हामीले निर्माण गरेका हाै उनीहरुलाई । तर हामीले नसिकाएकाे, नेपाली संस्कारमा नभएकाे अशिष्ट र अश्लिल कुरा उनले कहाँबाट सिके र निर्लज्ज ढंगले समाजमा बाेलिरहेका छन्, याे पक्ष भने दु:ख लाग्दो छ ।
७) देशमा केही भएन भन्नेहरुले हेरे हुन्छ ! देखिन्छ । देशमा सडक संजालकाे स्थिति के थियाे हिजाे । आज देशका सबै जिल्लामा माेटर बाटाे पुगेकाे छ । २०००० किलाे मिटर भन्दा बडी सडक बनेकाे छ । कालाे पत्रे सडक मात्र पनि निकै धेरै जिल्लामा विस्तारित भएकाे छ । यातायात सेवा जमिन र आकाश दुबै ठाउँमा विस्तार भएकाे छ । हेरे हुन्छ ३५ वर्षअगाडि के थियाे, कस्ताे थियाे।
८) विद्युत विकास भएर ९९ प्रतिशत जनताकाे पहुजमा पुगेकाे छ । हिजाे अँध्याराेमा जीवन गुजारा गरेका जनता आज उज्यालाेमा बस्न पाएका छन् । विद्युत शक्तिले आजकाे ीवन सहज र सरल बनेकाे छ । अझ सहज बन्दै जान्छ ।
९) बैङ्क वित्तीय संस्थाहरुकाे विस्तार र विकास व्यापक भएकाे छ । शहरकाे कुरा छाेडाैं, देशका हरेक गाउँ पालिकामा पुगेका छन् बैङ्क, वित्तीय संस्थाका शाखा । जनताकाे पहुँचमा बैकिङ सेवा यति विस्तार भएकाे छ कि अब अनाैपचारिक आर्थिक काराेबार हुन छाेडेकाे छ । देशका ६१ प्रतिशत जनताका बैङ्क खाता रहेकाे तथ्याङ्क नेपाल राष्ट्र बैङ्कसँग छ । बैङ्किङ प्रणालीमा भएकाे विकासले आज त नगदमा हुने काराेबार पनि घटेकाे छ । घरबाटै माेवाइल बैङ्किङ्ग मार्फत नाेटरहित काराेबार गर्ने सुविधा विकास भएकाे छ ।
१०) जनताकाे ९५ प्रतिशतमाथि आधारभूत खानेपानीकाे पहुच पुगेकाे छ । अब क्रमश: शुद्ध तथा प्रशाेधित खानेपानी व्यवस्था तर्फ देश लागेकाे छ ।
११) संचार जगत त झन् हिजाे हुलाकमा सीमित थियाे । एउटा रेडियाे र एउटा टेलिभिजन थियाे । एउटा गाेरखापत्र र एउटा दूरसंचार संस्थान थियाे । ३५ वर्षअगाडि सूचना सम्प्रेषण चिठ्ठीपत्र र आ. वा.मार्फत हुन्थ्याे । आज संचार सूचनाकाे व्यापक विकास र विस्तार भएकाे छ । पत्र पत्रिका लगायतका संचारका साधनकाे कमी छैन । आज प्राय:का काेठा काेठामा निजी टेलिभिजन छन् । घरघरमा इन्टरनेट छ । मानिसका हातहातमा स्मार्ट माेबाइल छन् । संसारका सबै समाचार र सूचनालाई मानिसले आफ्नै हातमा कब्जा गरेर हिड्न पाएकाे छ ।
याे परिवर्तन हाेइन ?
१२) जनताकाे ओैषत वार्षिक आय १० वर्षमै आठसय डलर बाट बढेर १६०० डलर नाघेकाे छ । राष्ट्र बैङ्कमा विदेशी मुद्रा संचिति करिव ३५ खर्व नेपाली रुपयाँ पुगेकाे छ । यसले करिव १० महिनाकाे आयात धान्न सक्ने सबल स्थित बनेकाे छ । हिजाे के थियाे तथ्याङ्क हेरे हुन्छ । देशकाे अर्थतन्त्रकाे आकार बढेर ६० खर्व नाघेकाे छ । गरिवीकाे रेखामुनीकाे ४५% काे अंश घटेर २० प्रतिशत तल झरेकाे छ ।
१३) हाेटल व्यवसाय र पर्यटन प्रवर्धन विकास र विस्तार भएर देशभर पुगेकाे छ ।
१४) नेपालकाे मानव सुचाङ्क माथि चढेकाे कुरा विश्व तथ्याङ्कबाट प्रष्ट हुन्छ।
१५) देशमा पेट्राेलियम पदार्थकाे उत्खनन् भएर आशा लाग्दाे भविष्य निर्माण नजिक पुगेकाे छ ।
१६) देशमा आएकाे डरलाग्दाे भूकम्प, त्यस्ले तहसनहस गरेका जनताकाे वासस्थानकाे वैकल्पिक व्यवस्थापन गर्नु, राष्ट्रिय गाैरवका धराेहरहरुकाे पुन: निर्माण गर्न सक्नु , भारतले लगाएकाे नाकाबन्दी विरुद्धमा वैकल्पिक व्यवस्था गर्नु, नाकाबन्दी विरुद्ध चट्टानी अडान कायम राख्न सक्नु, लिपुलेख र काला पानीकाे भूगाेल नेपालकाे नक्सामा समायाेजन गरेर राष्ट्र र राष्ट्रियताकाे पक्षमा सिङ्गाे देशलाई एकमत बनाउन सक्नु नेपाली जनताले गाैरव गर्ने विषय हाेइनन् र ? काेराेना कहर जस्ता भयङ्कर त्रासदीलाई यही बिचमा हल गरेर जनताकाे आशा र भराेसा बन्न सक्नु के महत्वकाे कार्य हाेइन ?
यी लगायत देश अगाडि बड्दैछ भन्ने प्रमाणका अन्य सूचकहरु पनि धेरै छन्, त्यता नलागाै । तिनै सूचकलाई हेरेर, विश्लेषण गरेर वर्ड बैङ्क र आई एम एफले अब नेपाललाई दिएकाे सहुलियत आवस्यक छैन । नेपाल विकासकाे एकसिंडी माथि उक्लियाे भनेर २०७९ सालबाट दिंदैआएकाे आर्थिक सहुलियत सुविधा कटाैति गरिसकेकाे छ । के याे असत्य हाे !
यसैबिचमा नेपालले आफ्नाे पहिचानलाई विश्व राजनीतिक मञ्चमा बढाेत्तरी गरेकाे छ ।
३५ वर्षमा कति हुनु पर्थ्याे ? कति हुन सक्याे ? देशकाे सामर्थे कति थियाे ? जटिलता कति थिए आदितिर विचार नगरि भए गरेका काम कारवाहीलाई अन्देखा गर्दै, नेपाली याेग्यता र याेगदानकाे विरुद्धमा नाना भाँती फलाक्दै हिड्दा देश विकास हुने हाेइन । यस्ताे शैलीले कुसंस्कार निर्माण गरेर 'डाेकाे' लाेककथाकाे पुनरावृति हुन पुग्छ । देश विकास त हरेकका सकारात्मक याेगदानबाट सृजित सूचकहरुमा अभिव्यक्त हुने कुरा हाे ।
देशले विभिन्न जटिलताकाे सामाना गर्दै क्रमश: उकालाे हिँडेकै हाे, हिड्दै थियाे ।
उल्लेखित उपलब्धीका बावजुद पनि कामका दाैरान केही कमिकमजाेरी अवस्य भएका छन्, हुन्छन् पनि । त्यस्ता कमिकमजाेरीहरु केलाएर यथासमयमा सुधार गर्ने गरिन्छ र गर्नु पनि पर्छ । तर त्यतापट्टी राजनीतिक पार्टीहरुले समयमै सचेत भएर सुधारका निमित्त जे प्रयत्न गर्नु पर्थ्याे त्याे नगरेकाे कारण समस्या झाङ्गिन पुगेका हुन् र छन् ।
त्यसका केही उदाहरण यस्ता देखिन्छन् ।
कमजाेरीहरु-:
¡/ राजनीतिक र संवैधानिक क्षेत्र -:
संविधान मार्फत जनताका राजनीतिक अधिकारहरु सुरक्षित गर्ने हेतु पछिल्लाे गणतान्त्रिक संविधान २०७२ मार्फत राज्यलाई तीन तहमा पुनर्संरचना गरियाे । संघ, प्रदेश र स्थानीय तह। संघ भित्र प्रतिनिधि सभा र राष्ट्रिय सभा गरेर दुई भागमा विभाजित गरियाे । प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक प्रतिनिधित्वकाे व्यवस्थन गरियाे । राष्टि्य सभालाई राजनीतिक पार्टीहरुकाे प्रतिनिधित्व हुनबाट मुक्त गरेर देशका प्रवुद्ध वर्ग लगायत ताेकिएकाे क्षेत्रका समुदाय र विषय विशेषज्ञलाई मनाेनयन गरेर राज्यका सबै तह र क्षेत्रका जनताकाे प्रतिनीधित्व हुन सकाेस् भन्ने ध्येय अनुरुप व्यवस्था गरियाे ।
प्रदेशले आफ्नाे सीमाक्षेत्रका अधिकार प्रयाेग गर्दै देश र जनताकाे हितमा काम गराेस् साथै संघ र स्थानीय निकायबिच पुलकाे कार्य समेत गराेस् भनेर व्यवस्था गरियाे ।
स्थानीय तहमा जनतालाई प्रत्यक्ष सेवा दिने जनप्रतिनीधि छनाैट गरि जनतालाई राज्यबाट प्रवाह हुने सेवा सुविधा सरल र सहजरुपमा प्राप्त हुन सकाेस् । गाउँमै सिंहदरबारका अधिकार पुगुन् । घरघरमै सेवाकाे पहुँच हाेस् भन्ने अवधारणा हाे राज्य पुनर्संरचनाकाे ।
तर व्यवहारमा भनेजस्ताे भएन, गरेजस्ताे भयाे ।
राष्ट्रिय सभामा राजनीतिक पार्टीका कार्यकर्ता मनाेनयन गरिए । अझ राजनीतिकाे नाममा घरका श्रीमती, सासू ससुरा, आमा बुबा, दिदी बहिनी दाजु भाइ, काका बडाबाबुले भरिए । कतिपय त राजनीतिक सुन्य ज्ञानका मानिसहरुकाे जागिर खाने र कमाउने ठाउँमा रुपान्तरण भयाे राष्ट्रिय सभा ।
प्रतिनिधि सभामा प्रत्यक्ष प्रत्यासी भएर हारेका कतिपय नेताका लागि मूल्य मान्यता, कानुन, नैतिकता र संविधानकाे मर्म र भावना विपरित मनाेनयन हुनै पर्ने, गर्नै पर्ने वाध्यतामा पुर्याइयाे देशलाई ।
अझ रडाकाे त संविधान संशाेधन गरेर समानुपातिक प्रतिनिधि वा राष्ट्रिय सभाकाे सांसदलाई प्रधानमन्त्री बनाउने माग समेतले समय फँ?त,?खायाे ।
व्यक्तिगत स्वार्थले आन्तरिक असमझदारी बढाएर संसद विघटन गर्ने काम दाेहिरिए, थेहेरिए, चाैरिए ।
पार्टी र राजकीय नेतृत्वमा एउटा घर परिवारका प्रत्यक्ष्य र समानुपातिक गरेर तीन /चार जना व्यक्ति पटकपटक पार्टी नेता र सांसद बने । अन्य सेवा र निमायमा नियुक्त भए । समान याेगदानकर्ता कयाैंकाे अवसरनै आएन । याेग्य जनताले स्थान पाउन सकेनन् । दक्षताले काम गरेन । जनता निराश हुनथाले ।
प्रतिनिधि सभा र राष्ट्रिय सभामा समानुपातिक काेटामा मनाेनयन गरिएका कतिपय माननीय सदस्यहरुकाे बुझाइ स्तर र अभिव्यक्तिले राष्ट्रमा लाजकाे पसाराे पार्याे ।
आफ्ना प्रतिनिधि कस्ता पठाउने, विभिन्न क्लष्टर मिलाउँदा पछाैडा समुदायहरुकाे पूर्वाधार वा स्तर विकास कसरी गर्ने भन्नेकुरा राजनीतिक पार्टीहरुकाे आन्तरिक विषय हाे तथापि राज्यमा प्रतिनिधित्व गराउँदा स्तर विकास गरि सक्षम व्यक्ति प्रतिनिधित्व गराउनु उनीहरुकाे दायित्व र कर्तव्य हुनु पर्थ्याे । सबै राजनीतिक पार्टीहरु त्यहाँ चुक्न पुगेकाे पक्कै हाे ।
सत्ता प्राप्तिका लागि जस्तासुकै खेल खेलिए । सत्ता विमुख भएर बाँच्नै सकिँदैन कि ! जस्ताे परिवेश बनाइयाे । मान्यतापूर्ण वा सर्वस्वीकार्य कार्यहरुमा ह्रास आउन थाल्याे ।
प्रदेश सरकारले न अधिकार पायाे न उस्ले पाएकाे अधिकारकाे सदुपयाेग गर्याे । आफ्नै स्वार्थमा अल्झिरह्याे । आफ्नै सत्ता बचाउन टिकडम र अराजनीतिक कुसंस्कारकाे खेल खेलि रह्याे । आफ्ना सुविधा वृद्धिमा तल्लिन बन्याे । जनताका अपेक्षा सम्वाेधन भएनन् । 'जुन जाेगी आए पनि कानै चिरेकाे'मा परिणत भयाे । जनतामा करकाे भार मात्र थपियाे । याे अनावस्यक भार हाे भन्ने बाेध जनतामा हुन पुग्याे । यसकाे सुधार तर्फ ध्यान पुग्न सकेन ।
तै विशेक, स्थानीय निकायले जनताका दैनन्दिनीमा केही सकारात्मक काम गरेकाे छ । तर पनि करकाे भार बढेकाे छ । जन्म र मृत्यु लगायत जनताका लागि राज्यले निशुल्क अनिवार्य अभिलेख दर्तामा कर लगाएर, बढाएर गणतान्त्रिक उपहार प्राप्त भएका छ । गणतन्त्र पछाडि र अगाडिकाे तुलना गर्दा जनताले के के सुविधा थप पाए र के केमा सास्ती थपियाे भन्ने कुरामा जनताकाे ध्यान केन्द्रित भएकाे छ । सामान्य एउटा उदाहरण हेराैँ । महानगरकाे एउटा वडामा गणतन्त्र आउनु पहिले एउटा घर वा जग्गाकाे चार किल्ला प्रमाणित गर्दा रु ५०।- शुल्क लिइन्थ्याे । गणतन्त्र आएपछि आनाकाे रु ४००।- शुल्क लिने गरिएकाे छ । यस्ता अनेकाै शीर्षक छन् जस्मा ओैचिथ्यहिन कर गलाएकाे र वृद्धि गरिएकाे छ । गणतन्त्रमा Government of the people, by the peoole, for the people भन्ने परिभाषा यस्तै हुन्छ ?
I) आर्थिक कारण-:
हिजाे सँगै साथसाथ लडेकाे एउटा मानिसले बारबार अवसर पायाे। उस्काे याेग्यता अर्काेकाे याेग्यतासँग परीक्षणनै गरिएन । उसले बारबार अवसर पाउँदा राज्य र जनताले के पाए ? त्याे गणना भएन । उस्का ठाउँमा अर्काेलाई अवसर दिँदा अवस्था के हुन्थ्याे ? विचारनै गरिएन । आर्थिक उपार्जनमा एउटा पक्ष हावी भयाे अर्काे तलै रह्याे ।
राजनीतिक संगठन, नीति विचार र कार्यक्रमका हिसावले खाेक्राे बन्दै गयाे । नियमित र नीति सम्मत पार्टीका निकायहरु परिचालन हुन सकेनन् । जिम्मेवारीमा सम्बन्धित कमिटीकाे सिफारिस् कामयाव भएन । अमुक नेतासँगकाे सामिप्यता जिम्मेवारीका लागि व्यक्ति छनाैटकाे मुल आधार बन्न पुग्याे । यसले हिजाे उस्तै थालमा उस्तै भान्सा गरेकाे, उस्तै ओछ्यानमा सुतेकाे, उस्तै कपडा लगाएकाे, उस्तै सामाजिक हैसियत भएकाहरुकाे बिचमा ठुलाे आर्थिक खाडल पार्याे ।
पार्टीमा समान याेगदान भएका बिचमा अवसरका कारण हुने खाने र हुँदा खानेमा विभाजन भयाे । अझ नेतृत्वमा बसेका मानिसहरुले सहकारीकाे रकम अपचलन गरेर गरिब जनताकाे आर्थिक जीवन कष्टकर बनाउँदा पार्टी नेतृत्वले नियन्त्रण गरेन । उल्टै संरक्षण गर्याे । सांसद बनायाे । मन्त्री बनायाे । यस परिणामले एउटाका परिवारकाे जीवनस्तर खस्कँदै र अर्काकाे उक्लँदै गयाे । नेतृत्वमा पुग्नेले आर्थिक हैसियत बढाेत्तरी गरेकै कारण आफुलाई निर्विकल्प ठान्न थाल्याे । नेतृत्वभन्दा बाहिर बस्नेलाई चिढायाे । उनीहरुमा वितृष्णा उत्पन्न गरायाे । याेग्यलाई स्थान दिन नसके पछि कार्यकर्ता निराश हुन पुगे ।
जनता त यसै पनि परिवर्तनकामी हुन्छन्। भैरहेकाे भन्दा उन्नत हुन सकाेस् भन्ने धारणा रहनु अन्यथा हुन्न । यसकारण पुराना राजनीतिक पार्टीहरुमा विश्वास ह्रास हुने अवस्था थपियाे ।
II) सामाजिक हैसियत-:
हिजाे एउटै उदेश्य र लगाव भएका याेगदानकर्ताहरुकाे अवसरमा भएकाे विभेदकाे कारण एउटा सँधै नमस्कार खाने, मञ्चमा बस्ने फूलमाला लगाउने । अर्काे सँधै नमस्कार मात्र गरिरहने। सभामा ताली बजाउने, जुलुसमा नारा लगाउने मात्रमा सीमित हुन पुग्याे । सडक आन्दाेलनमा घाइते हुने । उपचार खर्च आफैंले व्यहाेर्नु पर्ने । अवसर प्राप्तकर्ताकाे जीवनमा आर्थिक सामाजिक हैसियत परिवर्तन हुँदा अवसर नपाउने नेता कार्यकर्ता र जनताकाे जीवनमा तुलनात्मक परिवर्तन भएन ।
अझ कतिपय चरणमा पार्टीमा नवप्रवेशीलाई स्थान दिँदा पुराना पार्टी सदस्य, समर्थक शुभचिन्तकलाई पन्छाउँदै नयाँ भर्ती खुलाएजस्ताे हिजाेका प्रतिगामी कित्ताका व्यक्तिहरुले उच्च स्थान पाउन थाले । पुराना याेगदानकर्ता पछि परे । नवप्रवेशीहरु पुराना वफादार कार्यकर्ताका नेता बनेर पुरानालाई गिज्याउन थाले । कुनै अमुक नेता नामका स्वार्थी व्यक्तिका जुवाइँ, जुवाइँका जुवाइँ र जुवाइँका छिमेकी समेतले विना याेग्यता र याेगदान राजकीय जिम्मेवारी पाए । यस्ताे कार्यले पार्टीमा असल मनाशायले याेगदानकर्ताहरुकाे मानमर्दन हुन पुग्याे । आफ्नै याेगदानले कतिपय नेता कार्यकर्तालाई बिजाउन थाल्याे । पाेल्न थाल्याे ।
III ) अनियमितता र भ्रष्टाचार-:
अवसर प्राप्तकर्ता र केही चतुरहरुकाे आयस्राेतमा अविश्वसनीय वृद्धि हुन थाल्याे । हरेककाे नियम सम्मत आयले के कति खर्च धान्न सक्छ र बचत हुन्छ जाे कसैले पनि आँकलन गरेकै हुन्छ । पदीय दुरुपयाेग गरेर अकुत सम्पति जाेड्ने हाेड चल्याे । काे भन्दा काे कम भन्ने प्रतिस्पर्धा हुन पुग्याे । परिणामत: हिजाेकाे राजा रानीकाे ठाउँमा अमर्यादित रुपमा आज 'गाँठे र काँठे' धेरै राजा रानीकाे विगविगी'बन्याे । मर्यादित व्यक्तिहरु आफै लाजले शीर निहुराउने अवस्थामा पुगे ।
सम्पतिकाे वैद्धता परीक्षण राज्यले, पार्टीले गर्न चाहेन, सकेन । यसले समाजमा गलत काम गरेर कमाउनेकाे इज्जत बढाइ दियाे । इमान्दारजति लघुताभाषले बुहारी झारझै खुम्चिए, ओइलाए। पार्टीहरु भित्र भ्रष्टाचार अनियमितताकाे दुर्गन्ध चारैतिर फैलिएपछि इमान्दार नेता, कार्यकर्ता, समर्थक शुभेच्छुक र जनताहरु वैकल्पिक साेच साेच्न थाले ।
IV) नेतृत्वकाे बाेली व्यवहार-:
राजनीति विचार प्रिय हुन्छ । विचारले कार्यकर्ता र जनता डाेर्याउने हाे । त्यसकार्यका निमित्त नेता चयन हुन्छ । नेता यसै चयन हुँदैन, उसकाे विगत याेगदान, समर्पण, उत्सर्ग गर्ने आँट लगाव, इमान्दारी, बाेली वचन, नेतृत्व क्षमता, दूरद्रष्टाआदिलगायतलाई आधार मानेकाे हुन्छ । यी सबै कुराकाे जाेड भनेकाे विश्वास हाे । विश्वासले संसार जितिन्छ । सत्य तथ्ययुक्त मिठाे बाेली सबैकाे रुचिकाे विषयमा पर्छ । नमिठाे बाेलीले अविश्वास फैलाउन सहयाेग गर्दछ । अविश्वासले जितेकाे संसार हारिन्छ ।
नेताले बाेल्दा म के बाेल्दैछु । यसकाे प्रभाव र असर कार्यकर्ता र जनतामा कस्ताे पर्न सक्छ भन्ने बाेध नगरि तत्काल आफ्नाे, आफ्नाे पार्टी र पार्टीका खास नेता कार्यकर्ताकाे बचाउकाे लागि बाेल्दा त्याे कानुन सम्मत छ कि छैन ? विधिकाे शासनलाई त्यसले पालना गर्दछ कि गर्दैन? सामाजिक मर्यादा भित्र पर्छ कि पर्दैन ? आज बाेलिएका कुराहरुले आम जनतामा कस्ताे प्रभाव पार्छ ? त्यसकाे जवाफदेहीता भाेलीका लागि पनि हुनुपर्छ भन्ने मान्यता बाेध गर्नु पर्छ कि पर्दैन? अनावस्यक विषयमा उच्च तहका नेताहरुले अनावस्यक सफाइ र तर्क वितर्क गर्दा आम जनतामा कस्ताे असर पर्छ आदि कुरा नेताले बुझ्नु पर्छ । आफुलाई थाहा नभएकाे विषयमा जबरजस्ती बाेल्दा हुने क्षतिबारेमा नेताहरु जानकार हुनुपर्दछ । अन्यथा पलाएकाे विश्वासकाे मुनाे निमाेठिन पुग्छ ।
माथि उल्लेखित कमिकमजाेरी सुधार गर्ने बाटाे भनेकाे नागरिक दवाव, संचार क्षेत्रकाे सूचना संप्रेषणकाे दवाव, संसदीय राजनीतिक प्रणाली, संविधान, ऐन कानुन् र राजनीतिक पार्टी विशेषकाे विधान, मार्ग दर्शक सिद्धान्त, महाधिवेशनद्वारा पारित प्रतिवेदनहरु र वार्षिक नीतिकार्यक्रम र आवधिक निर्वाचन मार्फत हुने गर्छन् ।
यस्ता कमजाेरी समय सापेक्षरुपमा पार्टी, पार्टी नेतृत्व वा सरकारले हटाउँदै लैजानु कर्तव्यनै हाे ।
माथि उल्लेखित कमिकमजाेर भए पनि नेपालकाे वर्तमान राजनीतिक जटिलताकाे उपज केवल पार्टी विशेष वा पार्टी नेतामा भएका कमिकमजाेरी मात्रका कारणले २०८२ भाद्र २३ र २४ काे विध्वंसात्मक कार्य भएकाे हाे भन्ने विश्वास गर्न सकिने ठाउँ बन्दैन । किनभने राजनीतिक प्रणाली परिवर्तन नगर्ने, भैरहेकाे प्रणाली भित्रकाे कमिकमजाेरी सुधार गर्ने कुरा त निर्वाचन मार्फत गर्न सकिने कुरा माथि पनि भनियाे । (कतिपय अवस्थामा प्रणालीगत कुराहरु पनि जनमत संग्रह मार्फत परिवर्तन गर्ने गरिन्छ) कमजाेरी गर्ने पार्टी वा नेतालाई निर्वाचन मार्फत हराएर अर्काे वैकल्पिक राजनीतिक पार्टी वा नेतालाई जिताउने अवसर रहन्छ । याे कार्य संसदीय राजनीतिक जीवनकाे शाैंदर्य पक्षनै मानिन्छ । आवधिक निर्वाचनका विगत श्रृङ्खलालाई हेर्ने हाे भने राजनीतिक परिभाषा भित्र नदेखिने, भेट्न नसकिने कुनै कुरा छैनन् । हरेक निर्वाचनमा निर्वाचनपूर्व देश र जनताकाे पक्ष वा विपक्षमा राजनीतिक पार्टी वा नेताले खेलेकाे भूमिका र याेगदानका हिसावले मत परिणाम आउने गरेकाे छ । यसकाे पछिल्लाे उदाहरण तीनवर्ष पहिलेकाे आम निर्वाचन र यसबिचका मध्यावधि निर्वाचनलाई नै पनि लिन सकिन्छ ।
निश्कर्ष-:
तत्कालिन सरकार र नेतृत्वका सत्तामुखी केही गल्ति, कमिकमजाेरी भए पनि तिनकाे सुधारकाे सहज विकल्प प्रयाेग नगरि जनता आफैले प्रणालीगत राजनीतिक एजेण्डा बिना याे स्तरकाे विध्वंस गर्छन् भनेर पत्याउने ठाउँ छैन र त्याे हाेइन पनि ।
बरु तत्क्षणकाे सरकारबाट विभिन्न शक्ति राष्ट्रका स्वार्थ सम्बाेधन नगरिनु, आफ्नाे राष्ट्रिय हित र स्वार्थकाे पक्षमा अडिनु, साथै राष्ट्रिय स्वाभिमानकाे रक्षा गर्नुका कारण यस्ता घटना हुन सक्छन् भनेर विश्व घटनामा पढ्न पाइन्छ । हामीकहाँ पनि त्यही भएकाे हाेइन भनेर विश्वास गर्ने आधार देखिँदैन । विश्व शक्तिराष्ट्र वा क्षेत्रिय शक्तिले समयकाे भारलाई उचित आकलन गर्दै आफ्नाे स्वार्थलाई केन्द्रविन्दुमा राखेर तत्देशका सरकारका शासकीय कमिकमजाेरी विरुद्ध अल्गाेरिदम लगायत अन्य प्रविधि मार्फत सिधासाधा जनताकाे मन भड्काएर देशकाे अस्तित्व, ऐतिहासिक धराेहरका साथै स्थापित मूल्य मान्यता माथि प्रहार गरिएकाे हाे भन्न अब लजाउनु पर्दैन भनेर जनता भन्न थालेका छन् । यति मात्र हाेइन पुराना राजनीतिक पार्टी, तिनीहरुका नेता (विशेष गरेर कम्युनिष्ट विचारसँग सम्बन्धित) र याे संसदीय राजनीतिक प्रणालीलाई समेत विस्थापन गरेर आफ्नाे स्वार्थ पूरा गर्ने उदेश्य र ध्येय यसमा लुकेकाे कुरा व्यवहारले प्रष्ट पार्दै लगेकाे चर्चा हुन थालेकाे छ।
अन्यथा राजनीतिक इतिहासमा राजनीतिक विषय र क्षेत्रमा याेगदान दिएका कारणले बनेकाे पहिचानका आधारमा जनताले मतदान गरेर राजनीतिक पार्टी विशेषकाे हैसियत स्थापित वा विस्थापित गर्ने गर्छन् ।
याे भाद्र २३ र २४ काे आन्दाेलन घाेषणा गरेर सडकमा प्रदर्शन गर्ने जेन जी पुस्ताकाे र समुहकाे नामाेनिशाना समाप्त गरेर अरुहरुनै जनताकाे विवेकीय मतकाे छनाैटमा पर्नु पर्ने के कारण हाे भविष्यले अवस्य बताउनेनै छ भनेर सडकमा आजकाल कुरा हुन थालेकाे छ ।
हाे हर समय र विषयमा विश्व राजनीतिक शक्ति केन्द्रसँगकाे कुटनीतिक सम्बन्ध सन्तुलन कायम राख्नु जुनसुकै सरकार वा राज्यकाे पहिलाे ध्येय रहेकाे हुन्छ र हुनु पनि पर्छ । हरेक सरकारकाे नेतृत्वले आफ्नाे शक्तिकाे आकलन गरि आवस्यक र मर्यादित कुटनीतिक पहल गरेर देशकाे सुरक्षा, सरकारकाे निरन्तरता, राजनीतिक प्रणालीकाे सम्वर्धन र प्रवर्धन, विकास र स्थायित्व कायम गर्न सक्नु पर्छ । राज्यका संवेदनशिल अङ्गहरुका क्रियाकलाप माथि आवस्यक नियन्त्रणमा ध्यान पुर्याउनु पर्छ । नेपालप्रति शक्ति राष्ट्रहरुका अपेक्षा र दृष्ट्रिकाेणले शक्ति सन्तुलनमा कस्ताे असर पारेकाे छ भन्ने कुराकाे आकलन गर्न सक्नु पर्दछ । साे काे आकलन हरेक सरकारले गरेकाे पनि हाेला । तर आकलन गरेर पनि वेवास्ता गरेकाे हाे कि ! भन्ने कुरा देशकाे तत्कालिन परिघटनाले यदाकदा बाेध भने गराउँछ ।
यी सबै परिघटनामा सबै पुराना राजनीतिक पार्टी र नेताहरु जवाफदेही छन्, हुनु पनि पर्छ । कुनै एउटा पार्टी वा नेता विशेषका कमजाेरीका कारण मात्र भएकाे भए अर्काे विकल्पले स्थान ओगट्ने कुरा निर्विवाद हुन्छ । तर राजनीतिक इतिहासमा याेगदाननै नगरेकाे कुनै अमुक पार्टीलाई उसकाे याेगदाननै नदेखी याे स्तरकाे समर्थन प्राप्त हुन सक्छ भन्ने तथ्य इतिहासमा कतै पनि पढ्न पाइदैन । जाे नेपालमा भयाे ।
यस्ता जटिल र तथ्यपरक विषयलाई एकातिर पन्छाएर आज नेकपा एमाले र नेपाली काँग्रेश पार्टीकाे नेतृत्वमा देखिएका छरपस्ट अस्थिर साेच र क्रियाकलापले आम रुपमा पार्टी पङ्तीलाई असमन्जस्यतामा पारेकाे छ। दु:खित बनाएकाे छ । याेगदान धेरथाेर हुन सक्छ । तर पार्टीभित्र अनावस्यक विवाद गरेर निष्ठापूर्ण याेगदान गरेका समर्थक शुभेच्छुकलाई पीडा दिनु हुँदैन ।
विधि, पद्धति, बाेली र नैतिकताकाे मापदण्ड व्यक्ति विशेषका लागि भिन्न भिन्न बनाएकाे हाे कि ! व्यवहार त्यस्ताे हुने गरेकाे हाे ! फरक भेटिन्छ । कतिपय पार्टी नेता कार्यकर्ताहरु पार्टीका आधारभूत अनुशासन मिचेर सामाजिक संजालमा बरबराउनु र पार्टी बाहिरी समुहकाे समर्थन प्राप्त गर्नुलाई आफ्नाे विजय ठान्नु जस्ता परिघटना बारम्बार दाेहाेरिनु, तेहेरिनुले कतै कुनै कारणले पार्टी भित्रै पनि शक्ति राष्ट्रहरुकाे घुसपैठ पाे छ कि ! भनेर आशंका गर्ने ठाउँ बन्दै गएकाे देखिन्छ भन्न थालेका छन् मानिसहरु ।
यसकारण देशमा पुराना पार्टी विशेष भित्रकाे वर्तमान समस्या याे वा त्याे, यस्ले वा त्यस्ले गर्दा भएकाे हाे भनेर दाेषाराेपण गर्नाले पार्टीहरु सुदृढ हुन सक्दैनन् । हिजाे इतिहासकाे कुनकुन माेडमा ककस्काे के के भूमिका रह्याे । त्याे आज पनि मुल्याङ्कनकाे विषय बन्नु पर्छ । हिजाेकाे आजनै विचार साेच र दृष्ट्रिकाेणमा फरक परेकाे हाे भने फरक पर्नुकाे कारण सहित आत्मालाेचना गर्नुपर्छ । त्यसले जवाफदेही नेतृत्व निर्माण गर्न र विश्वास आर्जन गर्न सघाउँछ । राम्राे भएकाे पनि व्यक्तिकाे कारण मात्रले हाेइन । नराम्राे भएकाे पनि व्यक्तिकाे कारण मात्रले हाेइन भन्ने मान्यता स्थापित हुनुपर्छ ।
एउटा खास समयमा लिएकाे नीति विचार र कार्यक्रम, बाेलिएकाे बाेली, निर्माण गरिएकाे संगठन, निर्वाचित नेतृत्व र लिएका निर्णयप्रति त्यही समय खण्डमा गलत सावित हुन पुग्छन् भने त्याे व्यक्तिगत हाेइन सामुहिक दाेष ठहर्छ । यस अवस्थामा समग्र विचार, आदर्श, नेतृत्व, संगठन र कार्यक्रमकाे पुनर्संयाेजन जरुरत हुन्छ । त्याे संगठनकाे कुनै इकाइ उपर वा अमुक नेता विशेषमा केन्द्रित हुनु वर्तमान समस्याकाे निदान र उपचार हुन सक्दैन । न त यसले जनताकाे भत्किएकाे विश्वास् नै जाेड्न सक्छ । बरु यस्ले आग्रही एवम् अवसरवाद हावी भएकाे बाेध गराउँछ । जनतामा पार्टीहरुप्रति बाँचेकाे विश्वास् अझै टुटाउँछ ।
यसर्थ जे जसरी भएका हुन्, कामकाे दाैरान भएका कामकार्यवाहीकाे विषयमाराजहंशले दूध र पानी छुट्याए जसरी छुट्याएर गलत कामकारवाहीबाट पार्टीलाई जाेगाउँदै पार्टी र पार्टी नेतृत्वलाई एक ढिक्का बनाउनु आजकाे आवस्यकता हाे र हुनु पर्दछ ।
नेतृत्व निर्माण र विघटन भन्ने कुरा त नियमित प्रक्रिया हाे । याे विधि, पद्धति र नीति सम्मत हुँदै जान्छ, हुनु पनि पर्दछ ।
२०८३/ भाद्र ३ गते बिहान काेटेश्वर काठमाण्डाै