तथ्याङ्कशास्त्र, डेटा विज्ञान, कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङका पछिल्ला प्रवृत्तिमाथि अनुसन्धानकर्ता तथा विज्ञबीच ज्ञान आदानप्रदान
धुलिखेल । नेपाल तथ्याङ्कशास्त्र समाज (NeSS) को आयोजनामा “Emerging Trends and Applications in Statistics and Data Science (ICETASD-2026)” विषयक अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा सुरु भएको छ। तथ्याङ्कशास्त्र तथा डेटा विज्ञानका क्षेत्रमा विकसित भइरहेका नयाँ प्रविधि, अनुसन्धानका नवीनतम उपलब्धि, प्रयोगात्मक अभ्यास तथा उदीयमान प्रवृत्तिबारे छलफल र ज्ञान आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।