७ असोज २०८३, बुधवार

सिन्धुपाल्चोकमा स्वास्थ्य संस्था र औषधि पसलमाथि अनुगमन, ७ वटामा शिल

बाह्रबिसे, सिन्धुपाल्चोक  । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका औषधि पसल, निजी स्वास्थ्य संस्था तथा भेटेरिनरी सेवाको नियमनका लागि गरिएको अनुगमनका क्रममा मापदण्ड पालना नगरेका सातवटा व्यवसाय तथा सेवा केन्द्रमा कारबाही गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा मंगलबार र बुधबार चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र बाह्रबिसे नगरपालिकालगायतका क्षेत्रमा संयुक्त अनुगमन गरिएको हो। अनुगमनका क्रममा आवश्यक कानुनी प्रक्रिया र निर्धारित मापदण्ड पूरा नगरेका पाँचवटा औषधि पसल तथा दुईवटा भेटेरिनरी पसलमा शिलबन्दी गरिएको जनाइएको छ। त्यस्तै, अन्य तीनवटा औषधि पसलमा ताला लगाइएको छ।