मोरङ । रसुवामा आएको भोटेकोसी बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय अधिकारी कामको सिलसिलामा रसुवामा रहेका बेला बाढीमा परेर बेपत्ता भएका थिए।