कृजल नेपाल, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले जितीया पर्व नेपाली समाजको विविधतापूर्ण सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा भएको बताउँदै पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नु भएको छ ।