सन्तोष बोहरा , काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले श्री श्री जगद्गुरु शंकराचार्य महासंस्थानम्, दक्षिणाम्नाय श्री शारदा पीठम्, शृङ्गेरी मठले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।