दोलखा । दोलखा जिल्लामा सामाजिक सेवा, महिला अधिकारको संरक्षण, लैङ्गिक हिंसाविरुद्धको अभियान तथा विपन्न र बेसहारा बालबालिकाको संरक्षणमा सक्रिय सृजना कार्की एक प्रेरणादायी सामाजिक व्यक्तित्व हुनुहुन्छ। आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र मानव समुदायको हितका लागि योगदान पुर्याउँदै आउनुभएकी कार्की सामाजिक रूपान्तरणकी एक उदाहरणीय अभियन्ता हुनुहुन्छ।