२७ असोज २०८३, मङ्गलवार

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ को अधिवेशन बाह्रविसेमा सुरु, बन्द सत्र जारी

नयाँ नेतृत्व चयनका लागि छलफल जारी, क्षेत्रीय तथा प्रदेश निर्वाचन क्षेत्रका कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन गरिने

राजन श्रेष्ठ बाह्रविसे, सिन्धुपाल्चोक। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय तथा प्रदेश निर्वाचन क्षेत्र (क र ख) को अधिवेशन बाह्रविसेमा सुरु भएको छ। पार्टीको संगठनात्मक गतिविधिलाई थप सुदृढ बनाउँदै नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित आयोजित अधिवेशनमा जिल्लाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ।