१२ कात्तिक, हेलम्बु । हेलम्बु गाउँपालिकाले आफ्नै स्रोतमा गाउँपालिका बासीलाइ निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ चिकित्सकबाट उपचार र औषधि, २४ सै घण्टा सेवा पनि उपलब्ध गराएको छ । स्वास्थ्य परीक्षण तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यसहित हेलम्बु गाउँपालिकाले स्थानीयस्तरमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
गाउँ पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बु प्राथमिक अस्पतालमा आयोजित शिविरबाट विशेषज्ञ चिकित्सकको सेवा, विभिन्न रोगको परीक्षण, उपचार तथा औषधि निःशुल्क उपलब्ध भएपछि स्थानीय नागरिक लाभान्वित भएको बताउनुभएको छ ।