२२ साउन २०८२, बुधवार

बिद्यालय हाम्रै हो, हामीले नै गर्नु पर्छ भन्ने भावनाले काम गर्ने हो भने शैक्षिक क्षेत्रमा धेरै सुधार हुनेछ

अभि तामाङ, अध्यक्ष बिद्यालय व्यवस्थापन समिति , श्री बोल्दे आधारभूत विद्यालय

जुगल गाउँपालिका-३, बोल्दे, सिन्धुपाल्चोक

#  तपाई त्यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनु भएको कति समय भयो ?

  >  म त्यस बिद्यालयको व्यवस्थापन समितिको  अध्यक्ष भएको दुइ बर्ष ६ महिना जति  भयो ।

#  तपाई अध्यक्ष हुनुभए पछि विद्यालयमा भएका काम तथा सुधारहरु के के हुन ?

> मेरो कार्यकालमा भएका काम तथा सुधारहरु निम्न अनुसार छ: 

(क) विद्यालयमा लाईबेरीको स्थापना भयो ।

(ख) विद्यालयमा विजुली वत्तिको जडान गरियो । जुन अति आवश्यकता थियो । 

(ग) बिद्यालयको लागि अति आवश्यक रहेको इन्टरनेटको जाडन तथा व्यवस्थापन गरियो । 

(ङ) विद्यार्थीहरुको लागि अतिरिक्त रहेको खेल मैदानको राम्रो व्यवस्थापन गरियो ।

(च) विद्यालय वरीपरी तारवार तथा घेराबार गरि संरक्षणको अन्तिम चरणमा पुगेको छ ।

(छ) विद्यालयमा बाल कक्षा देखि कक्षा २ सम्मका विद्यार्थीहरुलाई कार्पेट विछ्याई, प्रत्येक विद्यार्थीलाई चकटीको व्यवस्था गरी साथमा राउण्ड टेबलको व्यवस्थाको साथै डिजिडल टिभीको माध्यमबाट सहज तरिकाले सिकाई / शिक्षण सुरु गरियो र कक्षा ८ लाई डिजिटल बोर्डको व्यवस्था गरि सिकाई प्रक्रियामा सहता ल्याइयो।

(ज) विद्यालयको कार्यालयलाई आवश्यकतानुसार व्यवस्थापन गरियोः जस्तै फर्निचर सम्बन्धि सम्पूर्ण काम, कार्पेट विछ्याउने काम आदि ।

(झ) बाल कक्षाको विशेष सुधार तथा व्यवस्थापन गरियो ।

(ञ) विद्यालयको प्रशासनिक व्यवस्थापनमा सुधार  गरियो ।

 ट) विद्यार्थीहरुको पठनपाठनमा विशेष सुधारको लागि बाल कक्षालाई सिनियर र जुनियर गरी दुई विभागमा विभाजन गरी अंग्रेजी माध्यमको कक्षा सञ्चालन गरियो ।

(ठ) कक्षा १ देखि कक्षा ८ सम्मलाई अंग्रेजी व्याकरण तथा नेपाली व्याकरणको थप कक्षा सञ्चालन लागु गरियो ।

(ड) विद्यार्थीहरुको पोशाकको लागि अभिभावकहरुसँग सरसल्लाह गरी आवश्यक शुल्क उठाई पोशाकको व्यवस्थापन गरियो ।

(ढ) बाल कक्षामा अध्ययन गर्ने नानीबाबुहरुको स्वस्थ्यको विशेष ख्याल गरि पिउने पानीको राम्रो व्यवस्थापन तथा भवन वरिपरीको तारबारको घेरा लगाई सुरक्षित गरियो ।

(ण) पठनपाठननमा विद्यार्थीहरुको सहजिकरणको प्रत्येक कक्षाकोठा बुक कर्नर व्यवथापन गरियो ।


# हाल तपाईका विद्यालयमा कति विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ?

> हाल हाम्रो विद्यालयमा बाल कक्षा देखि कक्षा ८ सम्ममा जम्मा २ सय ४३ जना अध्ययन गरिहेका छन् ।

# तपाई अध्यक्ष हुनु भन्दा पहिला विद्यालयको अवस्था कस्तो थियो ?

 > म अध्यक्ष हुनु भन्दा पहिलाको विद्यालयको अवस्था राम्रै नै थियो । समयसापेक्षा हाल विद्यार्थीहरुलाई प्रतिस्पर्धाको समय भएकोले उक्त कुरालाई विशेष र आवश्यकताहरुलाई मध्यनजर राख्दै विद्यालयको थप सुधारहरुलाई मैले अघि बढाएर काम गरेको मात्र हो । सरसरती भन्दा हाल हाम्रो विद्यालय पहिलाको भन्दा अझ झन राम्रो भएको म महसुस गर्दछु।

 #  तपाईको गाउँ लगायत सिंगो जुगल गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्न के-के गर्नु पर्छ होला ?

> मेरो व्यक्तिगत विचारमा हाम्रो गाउँ तथा शैक्षिक अवस्थाको सुधार ल्याउनको लागि मैले मात्र बुझेर नहोला, यस विषयमा यहाँ रहनु भएको सम्पूर्ण प्रधानाध्यापक, शिक्षक-शिक्षिका, कर्मचारी वर्ग तथा गाउँटोलमा रहनु भएको बुद्धिजिवीहरु, स्थानीय सरकारको साथै सम्पूर्ण अभिभावकहरुको समय-समयमा जागरुकताका साथ बैठकमा उपस्थित हुनु भई विद्यालयको रहेको कमीकम्जोरीलाई औल्याएर सुधारात्मक पक्षको विषयमा एक जुट भएर लागियो भने अवश्य पनि विद्यालयहरुको सुधारमा थप टेवा पुग्ला जस्तो मलाई लाग्छ । पालिका स्तरको विषयमा चाहि जुनसुकै निकायमा रहेका नीतिनियमलाई सबैले परिचालन तथा पालना गरी हाम्रै हो हामीले नै गर्नु पर्छ भन्ने भावनाको साथ आवश्यकतानुसार शिक्षक शिक्षिकाहरुलाई तालिमको व्यवस्था गरी तालिम कक्षाहरुको सञ्चालन गरियो भने सिंगो गाउँपालिकामा रहेका विद्यालयहरुमा अवश्य पनि सुधारका पक्षाहरु देखिन्छ । साथै यस पालिकामा रहेका सम्पूर्ण विद्यालयहरुको निगरानी पालिकाको अभिभावक्त्वमा रहयो भने झनै सुधारका पक्षहरु सहजै कल्पना गर्न सकिन्छ ।


#  विद्यालयको शैक्षिक अवस्था सुधार गर्नका लागि क-कस्को के के भूमिका हुने रहेछ ? 

> विद्यालको शैक्षिक अवस्थामा सुधारमा ककस्को भूमिका के के रहन्छ भन्ने कुरामा चाहि विद्यार्थी, अभिभावक, प्र.अ. शिक्षक-शिक्षिका, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकार सबैको आफ्नो जिम्मेवार हुनेछ, जुन आ-आफ्नो पक्षबाट निरन्तर र सहि ढंगले गर्ने हो भने यसमा विद्यालय सुधार हुँदैन भन्नमा कुनै दुई मत छैन ।

#  वडा तथा गाउँपालिकाबाट विद्यालयलाई के कस्ता सहयोगहरु प्राप्त भएको छ ?

 > हालसम्म हाम्रो विद्यालयले गाउँपालिकाबाट शैक्षिक स्तर सुधारको लागि आवश्यक करारका शिक्षक/शिक्षिक, प्रत्येक विद्यार्थीहरुलाई निःशुल्क किताव, दिवा खाजाको व्यवस्था, विद्यालयमा चाहिने विभिन्न शैक्षिक सामाग्रहरु तथा मसलन्द खर्चको राम्रो व्यवस्था गर्नु भएको छ र आवश्यकतानुसार भौतिक सुधारका पक्षमा पनि स्थानीय सरकारको राम्रो भूमिका रहेको छ साथै वडाबाट पनि थप शिक्षा अनुदान सहयो रहेको छ।


# हाल यस विद्यालयमा रहेका समस्यहरु र गर्न पर्नि के के छ ?

> हाम्रो विद्यालयमा रहेका समस्यहरु र गर्न पर्नि निम्नानुसार छन्ः

(क) पर्याप्त खेल मैदान नभएकोले आवश्यक खेल मैदान खरिद गर्नु पर्ने ।

(ख) पक्की भवन नभएकोले पक्की भवनको निर्माण गर्नु पर्ने ।

(ग) बिद्यालयलाइ प्रविधि मैत्री तथा आधुनिकिकरणको लागि कम्प्युटर ल्यावको स्थापना गर्नु पर्ने । आदि समस्या तथा गर्न पर्ने कामहरु छन ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.