अभि तामाङ, अध्यक्ष बिद्यालय व्यवस्थापन समिति , श्री बोल्दे आधारभूत विद्यालय
जुगल गाउँपालिका-३, बोल्दे, सिन्धुपाल्चोक
# तपाई त्यस विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनु भएको कति समय भयो ?
> म त्यस बिद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएको दुइ बर्ष ६ महिना जति भयो ।
# तपाई अध्यक्ष हुनुभए पछि विद्यालयमा भएका काम तथा सुधारहरु के के हुन ?
> मेरो कार्यकालमा भएका काम तथा सुधारहरु निम्न अनुसार छ:
(क) विद्यालयमा लाईबेरीको स्थापना भयो ।
(ख) विद्यालयमा विजुली वत्तिको जडान गरियो । जुन अति आवश्यकता थियो ।
(ग) बिद्यालयको लागि अति आवश्यक रहेको इन्टरनेटको जाडन तथा व्यवस्थापन गरियो ।
(ङ) विद्यार्थीहरुको लागि अतिरिक्त रहेको खेल मैदानको राम्रो व्यवस्थापन गरियो ।
(च) विद्यालय वरीपरी तारवार तथा घेराबार गरि संरक्षणको अन्तिम चरणमा पुगेको छ ।
(छ) विद्यालयमा बाल कक्षा देखि कक्षा २ सम्मका विद्यार्थीहरुलाई कार्पेट विछ्याई, प्रत्येक विद्यार्थीलाई चकटीको व्यवस्था गरी साथमा राउण्ड टेबलको व्यवस्थाको साथै डिजिडल टिभीको माध्यमबाट सहज तरिकाले सिकाई / शिक्षण सुरु गरियो र कक्षा ८ लाई डिजिटल बोर्डको व्यवस्था गरि सिकाई प्रक्रियामा सहता ल्याइयो।
(ज) विद्यालयको कार्यालयलाई आवश्यकतानुसार व्यवस्थापन गरियोः जस्तै फर्निचर सम्बन्धि सम्पूर्ण काम, कार्पेट विछ्याउने काम आदि ।
(झ) बाल कक्षाको विशेष सुधार तथा व्यवस्थापन गरियो ।
(ञ) विद्यालयको प्रशासनिक व्यवस्थापनमा सुधार गरियो ।
ट) विद्यार्थीहरुको पठनपाठनमा विशेष सुधारको लागि बाल कक्षालाई सिनियर र जुनियर गरी दुई विभागमा विभाजन गरी अंग्रेजी माध्यमको कक्षा सञ्चालन गरियो ।
(ठ) कक्षा १ देखि कक्षा ८ सम्मलाई अंग्रेजी व्याकरण तथा नेपाली व्याकरणको थप कक्षा सञ्चालन लागु गरियो ।
(ड) विद्यार्थीहरुको पोशाकको लागि अभिभावकहरुसँग सरसल्लाह गरी आवश्यक शुल्क उठाई पोशाकको व्यवस्थापन गरियो ।
(ढ) बाल कक्षामा अध्ययन गर्ने नानीबाबुहरुको स्वस्थ्यको विशेष ख्याल गरि पिउने पानीको राम्रो व्यवस्थापन तथा भवन वरिपरीको तारबारको घेरा लगाई सुरक्षित गरियो ।
(ण) पठनपाठननमा विद्यार्थीहरुको सहजिकरणको प्रत्येक कक्षाकोठा बुक कर्नर व्यवथापन गरियो ।