९ भदौ २०८२, सोमवार

अनेरास्ववियु सिन्धुपाल्चोकले दुइ महिने संगठन सुदृढीकरण अभियान थाल्ने

सिन्धुपाल्चोक । यहाँको अनेरास्ववियुले दुइ महिने संगठन सुदृढीकरण अभियान थाल्ने निर्णय गरेको छ । आइतबार सिन्धुपा ल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा एमाले केन्द्रिय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज सरेश नेपालको प्रमुख आतिथ्यतामा बसेको बैठकले नविन समिर स्मृति दिवस मनाउने, दुइ महिने संगठन सुदृढीकरण अभियान थाल्ने,  एमाले सिन्धुपाल्चोकले यहि आउदो १४ गते आयोजना गरेको जनसंगठन भेलामा सक्रिय सहभागिता जनाउने लगायतका निर्णय गरेको हो ।  संगठनको जिल्ला संयोजक कृष्ण न्यौपानेको अध्यक्षतामा बसेको प्रथम  पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु बागमती प्रदेश कमिटी संयोजक आयुष (अच्युत) उप्रेती, नेकपा एमाले सिन्धुपाल्चोक जनसंगठन समन्वयन संयन्त्रको प्रमुख बिष्णुमणि आचार्य, एमाले सिन्धुपाल्चोकबाट अनेरास्ववियु इन्चार्ज चरिबहादुर तामाङ, जिल्ला कमिटी सदस्य अनुप सिलवाल, एमाले सुनकोसीका अध्यक्ष रामहरि खड्का, एमाले बलेफीका उपाध्यक्ष दिपेन्द्र पौडेल  लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तथा एमाले केन्द्रिय सदस्य सरेश नेपालले अहिलेको AI को जमानामा विद्यार्थी सोहि अनुसारको प्रविधिमा दक्ष हुनपर्ने , अनुशासित, मेहनती हुन पर्ने, पार्टीको बिचारलाइ आम विद्यार्थीमाझ पुर्‍याउन सक्नु पर्ने, राजनीतिबाट टाढा हुदै गएको युवा पुस्तालाइ समेट्न सक्नु पर्ने बताउनु भएको छ । बैठकमा प्रशिक्षणको रूपमा  अनेरास्ववियु बागमती प्रदेश कमिटी संयोजक आयुष (अच्युत) उप्रेती र नेकपा एमाले सिन्धुपाल्चोक जनसंगठन समन्वयन संयन्त्रको प्रमुख बिष्णुमणि आचार्यले मन्तव्य राख्नु भएको अनेरास्ववियु सिन्धुपाल्चोक संयोजक कृष्ण न्यौपानेले बताउनु भयो । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.