१८ भदौ २०८२, बुधवार

बाह्रबिसेमा बमबहादुर आधिकारिक अध्यक्ष भएको एमाले  जिल्ला अध्यक्ष श्रेष्ठको दावी

चौतारा । नेकपा एमाले बाह्रबिसे नगर कमिटीको अध्यक्ष  बमबहादुर तामाङनै आधिकारिक अध्यक्ष भएको जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले बताउनु भएको छ । मंगलबार बाह्रबिसे नगरमा दुइतिर अधिवेशन गरेर दुइ अध्यक्ष भएको सार्वजनिक भएपछि जिल्ला अध्यक्ष श्रेष्ठले तामाङनै बाह्रबिसे नगर कमिटीको अध्यक्ष भएको एक प्रेस बिज्ञप्ति मार्फत बताउनु भएको हो । जारी प्रेस बिज्ञप्तिमा "नेकपा (एमाले) बाह्रबिसे नगर अधिवेसनको बन्दसत्र मिति २०८२ भदौ १५ गते शुरू भइ १७ गते सम्पन्न भएको छ । अधिवेशनको बन्दसत्रमा आयोजक कमिटिका अध्यक्ष क. ज्ञानेन्द्र राउतद्धारा प्रश्तुत राजनीतिक र साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन भएको छ । वाह्रविसेमा नेकपा एमालेलाई थप बलियो र सशक्त बनाउन आगामी कार्यसूचि समेत तय गरिएको छ । कार्यक्रममा केन्दीय सदस्य एवम जिल्ला इन्चार्ज क. सरेश नेपाल, बागमती प्रदेश कमिटीका उपाध्यक्ष क. दावादोर्जे तामाङ, जिल्ला अध्यक्ष क. होमनारायण श्रेष्ठ लगाएतका जिल्ला तहका नेताहरूको महत्वपूर्ण उपस्थिति रह्यो । पार्टी प्रतिनिधिहरूको उत्साहजनक सहभागितामा सम्पन्न अधिवेशनले क. बम बहादुर तामाङको अध्यक्षता ४१ सदस्यीय नगर कमिटि निर्वाचित गरेको छ । निर्वाचित सम्पुर्ण कमरेडहरूमा हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना ।आयोजक कमिटिका अध्यक्ष क. ज्ञानेन्द्र राउत, उपाध्यक्ष क. कल्याणी घिसिङ र सचिव क. राजकुमार सुवेदी लगाएतका आयोजक टिमको आयोजनामा सम्पन्न अधिवेसनबाट निर्वाचित क. बम बहादुर तामाङको अध्यक्षतामा गठित कमिटी नै आधिकारीक रहेको र अन्य कसैले अनाधिकारीक रूपमा व्यानर राखि फोटो खिचेर लिस्ट सार्वजनिक गर्दैमा कमिटि भन्न नमिल्ने कुरा स्पष्ट पार्न चाहन्छौं" भनिएको छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.