२८ असोज २०८२, मङ्गलवार

भूमि समस्या समाधान आयोगलाइ पुनर्स्थापनाको माग

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले भूमि समस्या समाधान आयोग पुनर्स्थापना गर्न माग गरेको छ । काठमाडौंमा एक कोण सभाको आयोजना गरेर भूमि समस्या समाधान आयोगको पुनर्स्थापना गर्न माग गरेको हो किसान महासंघका अध्यक्ष डाक्टर प्रेम दंगालले अहिलेको सरकारले भूमिहिन सङ्ग संबंधित बिषयलाइ खारेज गरेकोमा आपत्ति जनाउनु भयो ।  भूमिहिन दलितलाइ आवास तथा भूमिहिनलाइ एकपटक जमीन पाउने संबैधानिक हक अनुसार गठन भएको भूमि समस्या समाधान आयोगको खारेजजीले गरिव किसान, भूमिहिन दलितलाइ थप अन्यायमा परेको बताउनु भयो ।  भूमि समस्या समाधान आयोग  भूमिहिनले जग्गा पाउने मात्रै नभएर समृद्ध नेपालसङ्ग जोडिएको बताउनु भयो । भूमिहिनलाइ लालपुर्जा प्रदान नगरिकन आफुहरुको आन्दोलन नरोकिने पनि बताउनु भयो ।

त्यसैगरी एमाले पोलिटब्यूरो सदस्य एवं भूमि अधिकार तथा श्रमिक संगठनकि इन्चार्ज शान्ता चौधरीले अहिलेको सरकार सामन्तहरुको गरिवमारा सरकार भएकोले भूमिहिनहरुको विरुद्ध पहिलो  निर्णय गरेको बताउनु भयो ।  भूमिहिनहरु विरुद्धको निर्णय अबिलम्ब फिर्ता लिन आग्रह गर्दै किसानले उत्पादन गरेको खानेकुरा खाएर त्यहि किसानलाइ फोहोरी भन्ने काठमाडौंका मेयर बालेन्द्र साहले सार्वजनिक रुपमा लिखित माफी माग्न पर्नि पनि बताउनु भयो ।  

अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनको संयुक्त आयोजनामा भएको बिरोध कार्यक्रममा  भूमि समस्या समाधान आयोग पुनर्स्थापना गर,  भूमिहिनले जमिन प्राप्त  संबैधानिक अधिकार सुनिश्चित गर , भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गर  असंवैधानिक सरकारको असंवैधानिक निर्णय खारेज गर, कठपुतली सरकार मुर्दावाद, किसानलाइ अपमान गर्ने मेयर बालेन मुर्दावाद , किसान एकता जिन्दावाद लगायतका नारा लागेको थियो । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.