२० मंसिर २०८२, शुक्रवार

अरुण नेपाललाइ एमालेको सचिव बनाउने अभियानमा कार्यकर्ता

मंसिर १९, काठमाडौँ ।  नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य  अरुण नेपाललाई हुँदै गरेको पार्टीको एघारौँ महाधिवेशनमा सचिव बनाउने अभियानमा कार्यकर्ता लागेका छन ।

 अनेरास्ववियुबाट  राजनीति गरेर संगठनको अध्यक्ष हुँदै ३ पटकसम्म पोलिटब्यूरो सदस्य भएका नेता नेपाललाइ हुँदै गरेको ११ औं महाधिवेशनमा सचिव बनाउने अभियानमा एमाले कर्यकर्ता लागेका हुन । नेता नेपालमाथि पछिल्ला वर्षहरूमा पार्टीभित्र अन्यायपूर्ण रूपमा पछाडि पारिएको भन्दै कार्यकर्तामाझ सहानुभूति र समर्थन तीव्र रूपमा बढिरहेको छ ।

माले–एमाले विभाजनको जटिल समयमा विद्यार्थी संगठनको जिम्मेवारी सम्हाल्दै सशक्त नेतृत्व प्रदर्शन गरेका नेपाल ३ पटक पोलिटब्यूरो सदस्य भएका नेता हुन् । तर, राजनीतिक योगदान र लोकप्रियता हुँदाहुँदै पनि उनलाई बारम्बार पोलिटब्यूरोमै सीमित राखिएको, जुनियर नेताहरूलाई स्थायी कमिटीसम्म पुर्‍याइँदा नेपाललाई बेवास्ता गरिएको गुनासो  पार्टीभित्र उठ्दै आएको छ । पार्टीभित्र राजकीय अवसर कम पाएका, तर सिन्धुपाल्चोकका जनतामाझ  लोकप्रिय मानिने नेपाललाई यस पटक सचिव पदमा उठाउन स्थानीयदेखि केन्द्रसम्मका कार्यकर्ताले अभियान अघि बढाएका छन् ।एमालेको एघारौँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीका दुबै पक्षका कार्यकर्ताबाट नेता नेपाललाइ यस पटक न्याय गर्न पर्ने आवाज उठ्दै आएको छ । नेपालको कम्युनिस्ट आन्दोलनको चर्चित काण्ड मध्येको पिस्कर काण्डमा नेता नेपालले २३ वर्षकै कलिलो उमेरमा ३ वर्ष  जेल जीवन विताएका थिए । वि.सं. २०७८ को पार्टी बिभाजनको बेला माधव नेपाल पक्षामा रहेपनि पार्टी बिभाजन हुन हुन्न, अध्यक्ष केपी ओलिलाइ नै मान्न पर्छ, बाँकी मिलाएर अघि बढ्न पर्छ भनेपछि माधव समुहबाट  पेलानमा परेका थिए । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.