२१ मंसिर २०८२, शनिवार

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालका   केन्द्रीय महासचिवद्वारा उम्मेद्वारी घोषणा

मंसिर २०, काठमाडौं । अनुभवी नेतृत्व उर्जाशील युवा आजको आवश्यकता भन्दै प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रीय महासचिवद्वारा उम्मेद्वारी घोषणा गरेका छन । 

नेकपा (एमाले) को आसन्न एघारौँ महाधिवेशनमा ४० वर्ष मुनिका युवा पेशेवरहरूको प्रतिनिधित्व गर्दै प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रीय महासचिव इञ्जिनियर राजन थापाले नेकपा (एमाले) केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्।

थापाले युवा पुस्ताको सक्रिय भूमिका, पेशागत योगदान र संगठनात्मक क्षमता मार्फत पार्टीलाई “नयाँ सोच, नयाँ ऊर्जा र परिणाममुखी नेतृत्व” दिने प्रतिबद्धता जनाएका छन्। उनी हाल PEAN (Progressive Engineers Association Nepal) का केन्द्रीय महासचिव छन् ।

२३ वर्षको राजनीतिक यात्रा, १३ वर्षको पेशागत अनुभव

इञ्जिनियर थापाले विद्यार्थी राजनीतिबाट सुरु भएको आफ्नो संगठनात्मक यात्रालाई अहिले पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्‍याउन खोजेका छन्। वि.सं. २०५९ मा सिन्धुपाल्चोक चौतारास्थित श्री कृष्ण उच्च माविमा अनेरास्ववियु प्रारम्भिक कमिटी सचिव भएर प्रवेश गरेका थापा क्रमशः पार्टी निकट विद्यार्थी, प्राविधिक तथा इन्जिनियर्स सङ्गठनमा नेतृत्व प्राप्त गर्दै अघि बढे।

यस्तो छ थापाको राजनीतिक इतिहास

वि.स.२०५९ अनेरास्ववियु प्रारम्भिक कमिटि सचिव, श्री कृष्ण उच्च मा वि ,सिन्धुपाल्चोक ,चौतारा 

वि.स . २०६४ -वि.स २०६८ पुल्चोक इन्जिनियरिङ्ग  क्याम्पस अनेरास्ववियु कमिटीमा क्रमशः सदस्य, सह–सचिव, सचिव र कार्यवाहक अध्यक्ष

वि.स. २०६८- वि.स २०७० अनेरास्ववियु केन्द्रीय विभागीय सचिव, वि.स. २०६६ नेकपा (एमाले) क्षेत्र नं. २ सिन्धु–काठमाडौँ सम्पर्क मञ्च सदस्य, वि.स २०६७ सिन्धु प्राविधिक विद्यार्थी समाज – अध्यक्ष, वि.स २०७० नेपाको केन्द्रीय सदस्य

वि.स २०७५ नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश कोषाध्यक्ष निर्वाचित , वि.स २०७६ प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल , बागमती प्रदेश कमिटि कोषाध्यक्ष , वि.स २०७७ प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल , बागमती प्रदेश कमिटि सचिव , वि.स २०७८ प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल , केन्द्रीय  सचिव, वि.स २०८१ प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल केन्द्रीय महासचिव, शैक्षिक योग्यता एवं व्यावसायिक अनुभव

ई राजन थापा सिभिल इन्जिनियरिङ्गमा स्नातक तथा Disaster Risk Engineering and Management विषयमा स्नातकोत्तर उपाधिधारी हुन्। विगत १३ वर्षदेखि उनले ग्रामीण विकास, विपद् जोखिम व्यवस्थापन, भूकम्पपछिको पुनर्निर्माण, इन्जिनियरिङ परामर्श सेवा तथा पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग काम गर्दै आएको अनुभव छ।

उनी CARE Nepal, ACTED Nepal, नेपाल ग्रामीण पुनर्निर्माण संस्था तथा JICA का परामर्शदाताका रूपमा कार्यरत रहे। हाल उनि Ripple Group of Companies का अध्यक्ष छन् ।

भूकम्पपछिको पुनर्निर्माणमा ९० हजार घर निर्माणको नेतृत्व, २०७२ को भूकम्पपछि थापा सिन्धुपाल्चोकमा पुनर्निर्माण JICA बाट कार्यरत थिए ।घरधनी सम्झौता, प्रविधिक परीक्षणदेखि निर्माण सम्पन्न हुने चरणसम्म प्रत्यक्ष संलग्न रहँदै ९० हजारभन्दा बढी आवास पुनर्निर्माणमा समुदाय परिचालनमार्फत उनले नेतृत्व गरेका थिए ।

नेकपा (एमाले ) पार्टी कार्यालय पुनर्निर्माणको नेतृत्व 

जेन्जी आन्दोलन पछि ई. राजन थापाको राजनीतिक सक्रियता बढ्नुको सट्टा झन् व्रिदी  भयो ।नेकपा (एमाले )का धेरै नेता र कार्यकर्ता भूमिगत अवस्थामा रहंदा पनि च्यासल स्थित नेकपा (एमाले) को सरसफाईको नेतृत्व गरेर कार्यकर्ताको हौशला मात्र बढाएनन जलेको पार्टी कार्यालय तथा एमाले नेताका घरहरुमा प्राविधिक टोलि खटाएर आगोलागी पछिको क्षतिको मुल्यांकन कार्य पनि अघि बढाए ।हाल पुनर्निर्माण सम्पन्न च्यासल स्थित एमाले पार्टी कार्यालय पिनकै प्राविधिक सहयोगमा सकिएको हो ।

नेकपा (एमाले ) युवा मैत्री पार्टी हो ।जल्ला र प्रदेश अधिवेशनमा ४० वर्ष मुनिका युवाहरुलाई कोटानै छुट्याएर प्रतिनिधि बनाएको थियो र हाल केन्द्रीय महाधिवेशनमा पनि धेरै युवाहरु प्रतिनिधि भएर आएको कुरा थापाले बताए ।

आफु राजनीतिक ,व्यावाशायिक तथा सामाजिक क्षेत्रमा सक्रिय युवा भएको र नेकपा एमालेको अब बन्ने  केन्द्रीय कमिटीमा  युवाहरुको उपस्थित सुनिस्चित भएको स्थितिमा केन्द्रीय सदस्यमा आफ्नो दाबी स्वाभाविक भएको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.