२ फागुन २०८२, शनिवार

रातो वस्तु सबै मिठाई हुँदैन; बैदेशिक क्याप्सुल सबै औषधि हुँदैन

२ फागुन, दोलखा । नेपाल चीन र भारतको बीचमा अवस्थित छ। विश्व शक्ति प्रतिस्पर्धाको यो नयाँ युगमा दक्षिण एशियाको भू–राजनीतिक चक्र तीव्र गतिमा घुमिरहेको छ। एकातिर अमेरिकाको नेतृत्वमा भारतसमेत आबद्ध Indo-Pacific रणनीति अघि बढिरहेको छ। अर्कोतिर चिनको Belt and Road पहल विस्तार भइरहेको छ। यी दुई शक्तिशाली पहलहरूको छायाँबीच नेपाल उभिएको छ। यस्तो अवस्थामा नेपालले कसरी सन्तुलित रूपमा अघि बढ्ने? कसरी तटस्थता कायम राख्दै सार्वभौम राष्ट्रका रूपमा आफूलाई विश्वमञ्चमा उभ्याउने? यही आजको मूल प्रश्न हो।

   नेकपा (एमाले) को वैचारिक दृष्टिकोण स्पष्ट छ । नेपाल कुनै शक्तिको प्रभावक्षेत्र होइन । नेपाल स्वतन्त्र, सार्वभौम र स्वाभिमानी राष्ट्र हो। हामी कसैको छायाँमा होइन, आफ्नै राष्ट्रिय हितको प्रकाशमा अघि बढ्छौ । 

  एमालेले सधैं “सुदृढ राष्ट्रियता, समृद्ध नेपाल” को राजनीतिक दर्शन अघि सारेको छ। राष्ट्रियता हाम्रो लागि केवल भावनात्मक नारा होइन । यो  हाम्रो नीतिगत अडान हो। जब–जब नेपालले आफ्नो निर्णय आफैं गर्ने साहस देखाएको छ, तब तब राष्ट्र सुदृढ भएको छ। जब बाह्य दबाबमा नीति निर्माण भयो, तब अस्थिरता र अविश्वास बढेको इतिहास साक्षी छ। 

आजको प्रतिस्पर्धा सीमारेखामा मात्र सीमित छैन । यो विकास मोडल, पूर्वाधार, लगानी, प्रविधि र रणनीतिक प्रभावको प्रतिस्पर्धा हो। एमालेको स्पष्ट मापदण्ड छ , नेपालको हित, नेपालको प्राथमिकता र नेपालको स्वाभिमान नै एमालेको आत्मा हो । कुनै परियोजना अमेरिका वा चीनबाट आयो भनेर अन्धस्वीकार वा अस्वीकार गर्ने होइन । त्यसले नेपालको उत्पादन क्षमता, रोजगारी, ऊर्जा, पूर्वाधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा  कति सहयोग गर्छ भन्ने आधारमा निर्णय हुनुपर्छ।

  निर्वाचन नजिकिँदा शक्ति राष्ट्रका प्रतिनीधिको भ्रमणमा  रणनीतिका चर्चा चल्नु स्वाभाविक हो। शक्तिराष्ट्रहरू आफ्ना हितअनुकूल वातावरण बनाउन खोज्छन् । हालै Indo-Pacific रणनीतिसँग सम्बन्धित उच्चस्तरीय भ्रमणले विशेष चर्चा पाएको छ। केही राजनीतिक विश्लेषकहरूले यसलाई निर्वाचन–लक्षित कोणबाट पनि हेरेका छन्। । जेन्जेड आन्दोलनमा अमेरीकी संलग्नताको रहेको बुझाईले यो भ्रमण निर्वाचन लक्षित हो भन्ने   राजनीतिक बिशलेषणलाई बल पुगेको छ । एमाले विश्वास गर्छ नेपालको मतदाता सचेत छन। देशभक्त नेपाली जनताले बाह्य संकेतभन्दा आन्तरिक सुशासन, विकास र स्थायित्वलाई प्राथमिकता दिन्छन्।

    नेपाली जनताले  भाद्र २४ भोगेर अनुभब गरि सकेका छन । रातो बस्तु सबै मिठाई होईन्न । नेपालि समाजमा भाद्र २४ बिष बनेर आयो । राजनीतिक अस्थिर , संबिधानको खारेजी र बिध्वंसमात्र दियो । शक्ति राष्ट्रको चहाने जे भए पनि निर्वाचनको परिणाम   ऊनिहरुले सोचेको बाटोमा जादैन । स्वभिमान नेपालि जनताले  जानदिदैन्न । नेकपा एमालेल बिजय प्राप्त गर्छ । 

राष्ट्रिय स्वाधीनता भाषणले होइन, निर्णायक र स्थिर नेतृत्वले जोगिन्छ। अस्थिर गठबन्धन र दिशाहीन कूटनीतिले देशलाई प्रयोगशाला बनाउँछ । सुदृढ सरकार र स्पष्ट नीतिले मात्र राष्ट्रलाई सम्मानित बनाउँछ। त्यसका लागि बलियो पार्टी र सक्षम नेतृत्व आजको आवश्यकता हो। बहकाउने, भडकाउने र क्षणिक लोकप्रियताले राष्ट्रलाई दीर्घकालीन क्षति पुर्‍याउन सक्छ। इतिहासका केही तीतो अनुभवहरूले देखाइसकेका छन् । बाहिरबाट आकर्षक देखिने सबै प्रस्ताव देशहितमा उपयोगी हुँदैनन्। रातो वस्तु सबै मिठाई हुँदैन; बैदेशिक क्याप्सुल सबै औषधि हुँदैन।

  एमालेको परराष्ट्र नीति  “सन्तुलित सक्रिय असंलग्नता” हो । सबैसँग मित्रता, कसैसँग वैरभाव होइन । कसैको सुरक्षा छातामुनि होइन । ऊ  राष्ट्रिय हितमा दृढ अडान राख्छ । नेपाल चीनसँग ऐतिहासिक छिमेकी सम्बन्ध राख्छ, भारतसँग खुला सीमा र गहिरो सामाजिक आर्थिक सम्बन्ध छ । र अमेरिकासँग विकास साझेदारी छ। यी सम्बन्धहरूलाई प्रतिस्पर्धाको मैदान होइन, अवसरको सेतु बनाउन सक्नु नै कुशल कूटनीति हो। नेपाल अविचलित रूपमा यही बाटोमा अघि बढ्नुपर्छ।

  हामीलाई थाहा छ भूराजनीति अवसर पनि हो, जोखिम पनि हो । एमालेको धारणा स्पष्ट छ: राज्य र नेतृत्व बलियो भए बाह्य प्रतिस्पर्धा अवसर बन्छ । राज्य कमजोर भए त्यही प्रतिस्पर्धा दबाबमा रूपान्तरण हुन्छ। त्यसैले राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता र स्थिर नेतृत्व अपरिहार्य छन्। देशभक्ति भनेको कसैको विरोध गर्नु होइन । देशभक्ति भनेको नेपालको निर्णयक्षमता जोगाउनु हो। एमाले यही विश्वासका साथ भन्छ । हामी सबैसँग सहकार्य गर्छौं, तर प्रत्येक निर्णय नेपालकै सार्वभौम हितअनुसार हुनेछ। राष्ट्रहित सर्वोपरि हुन्छ । यही एमालेको वैचारिक अडान, यही हाम्रो प्रतिबद्धात र कूटनीतिक मार्ग हो ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.