१६ चैत २०८२, सोमवार

विपक्षी दलहरूलाई रणनीतिक रूपमा सशक्त बन्न आग्रह

काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई ले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै विपक्षी दलहरूलाई रणनीतिक रूपमा सशक्त बन्न आग्रह गर्नु भएको छ ।  उहाँले विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले लगायतका शक्तिहरूलाई न्यायालयमाथि अत्यधिक निर्भर नहुन सुझाव दिनु भएएको हो । 

उहाँका अनुसार अहिलेको समय यस्तो छ, जहाँ राजनीतिक चुनौतीहरू समाधान गर्न केवल कानुनी प्रक्रियामात्र पर्याप्त नहुन सक्छ । त्यसैले प्रतिपक्षी शक्तिहरूले आफ्नै संगठन, संरचना र नेतृत्वलाई बलियो बनाउँदै एकीकृत ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याउनु भयो  । उहाँले, “राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्ने साझा लक्ष्यका लागि सबै विपक्षीहरू एक ठाउँमा उभिन तयार हुनुपर्छ । यो संघर्ष छोटो नभई लामो हुन सक्छ, त्यसैले सुरुवातमै आन्तरिक सुदृढीकरणमा ध्यान दिनु अत्यावश्यक छ ” भन्नु भयो । 

भट्टराईले दलभित्र विद्यमान कमजोरीहरू हटाउन पनि जोड दिनु भएको छ । उहाँका अनुसार भ्रष्टाचारमा मुछिएका, नैतिक रूपमा कमजोर वा जनविश्वास गुमाएका व्यक्तिहरूलाई समयमै पन्छाउनु आवश्यक छ । यस्ता तत्वहरूले संगठनलाई कमजोर बनाउने मात्र नभई जनतामा गलत सन्देश जाने खतरा पनि रहने उहाँको भनाइ छ ।

त्यसैगरी उहाँले “पपुलिज्म” को बढ्दो प्रभावप्रति पनि सचेत गराएका छन् । जनभावनालाई तत्काल आकर्षित गर्ने तर दीर्घकालीन रूपमा लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने प्रवृत्तिको उत्कर्ष भइरहेको अवस्थामा न्यायपालिकामाथि अन्धविश्वास गर्नु उचित नहुने उनले स्पष्ट पार्नु भएको छ  ।

उहाँले “जब पपुलिस्ट प्रवृत्ति हावी हुन्छ, तब नागरिक अधिकार, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासको दायरा क्रमशः खुम्चिन सक्छ । यस्तो अवस्थामा सचेत र संगठित राजनीतिक पहल अपरिहार्य हुन्छ ” भन्नु भएको छ । 

समग्रमा, भट्टराईले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै विपक्षी दलहरूलाई आन्तरिक रूपमा सुदृढ, वैचारिक रूपमा स्पष्ट र रणनीतिक रूपमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.