हेटौंडा, साउन १४ । बागमती प्रदेशमा कांग्रेस संसदीय दलभित्रको सत्ता संघर्षका बीच सिन्धुपाल्चोकका दुई सांसद फरक–फरक पक्षमा उभिएका छन्।
सिन्धुपाल्चोक–१(क) की सांसद मसिना खडका भण्डारी बहादुरसिंह लामाको पक्षमा उभिएकी छन् भने २(ख) का सांसद कृष्णकुमार तामाङ ‘समीर’ इन्द्र बानियाँ पक्षमा छन्।
दुबै सांसद मोहनबहादुर बस्नेतका निकट मानिए पनि आन्तरिक शक्ति संघर्षमा उनीहरू फरक ध्रुवमा देखिएका हुन्। तामाङलाई मन्त्री बनाउने आश्वासन दिइएको कांग्रेस स्रोतको दाबी छ।
अविश्वास प्रस्तावमा बस्नेतको समर्थन कता हुने अझै स्पष्ट छैन भने मसिनाको निर्णय पनि त्यही अनुरूप हुने कांग्रेस नेताहरूको भनाइ छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.