सिन्धुपाल्चोक, साउन १५ — लगातारको वर्षापछि आएको पहिरोले अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। बिहीबार बिहान करिब ५ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ अन्तर्गत दश किलो भन्ने स्थानमा लेदोसहितको ठूलो पहिरो खसेपछि सडक दुबैतर्फबाट अवरुद्ध भएको हो।
स्थानीय प्रहरीका अनुसार भीषण वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले राजमार्गका दुबैतर्फको यातायात अवरुद्ध गराएको छ। पहिरोका कारण सयौँ साना तथा ठूला सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रुहरु लामो समयदेखि अलपत्र परेका छन् भने स्थान–स्थानमा ट्राफिक जाम देखिएको छ।
सुरक्षा निकाय, स्थानीय सरकार र सडक डिभिजनको टोलीले पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास गरिरहेको भए पनि निरन्तर वर्षाले काममा कठिनाइ भइरहेको छ। आवश्यक उपकरणसहित डोजर परिचालन गरिएको प्रहरीले जनाएको छ।
अरनिको राजमार्ग नेपाल–चीन व्यापारिक नाकासमेत जाने मुख्य सडक भएकाले यस अवरोधले स्थानीय मात्र होइन, अन्तरदेशीय व्यापारमा समेत असर पर्ने देखिएको छ। स्थानीय प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.