काठमाडौं । यहि भदौ २०-२२ सम्म हुने नेकपा एमालेको बिधान महाधिवेशनमा २ हजार ३ सय ९२ जना सहभागी हुने भएका छन । दोस्रो विधान महाधिवेशनमा यो संख्या सहभागी हुने कुरा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताएका हुन । उनका अनुसार महाधिवशेनमा दुई हजार एकसय २८ प्रतिनिधि र २ सय ६४ जना आयोजकका रूपमा सहभागी हुनेछन् । उनले विसं २०७८ मा चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहने बताए । उनले महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई डिजिटल कार्डको व्यवस्था गरिने, महाधिवेशनस्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने, सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित ‘समाचार डेस्क’ स्थापना गर्ने आदि निर्णय भएको उनले बताए । उक्त बिधान महाधिवेशनमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शङ्कर पोखरेले साङ्गठनिक प्रतिवेदन पेस गर्ने भनिएको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.