हेटौंडा । नेकपा एमाले निकट युवा संघ नेपाल मकवानपुरले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघ मकवानपुरको आयोजनामा भोलि ५ भदौमा हेटौंडाको हुप्रचौरमा रक्तदान कार्यक्रम गर्न लागिएको हो । रगतको अभावमा रहेकाहरूलाई जीवन दिने अभियानका साथ कार्यक्रम गर्न लागिएको युवा संघ मकवानपुर अध्यक्ष राजेश नगरकोटीले बताउनु भयो । "विहिबार बिहान ६:३० बजे हुप्राचौरमा वृहत रक्तदान कार्यक्रम हुन लागिएकोले मानवता प्रेमीसबैलाई कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुन अनुरोध छ" संघका अध्यक्ष नगरकोटिले आग्रह गर्नुभयो ।
विभिन्न समयमा परिस्थिति अनुसार एमालेले युवा शक्ति परिचालन गरि सामाजिक कार्यक्रम गर्दै आएको छ,यसै अनुसार स्वास्थ केन्द्रहरूमा रगत अभाव हुन थालेको अवस्थालाई मध्यनगर गरेर कार्यक्रम राखिएको नगरकोटीको भनाइ छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.