६ भदौ २०८२, शुक्रवार

बौद्धिक परिषद सिन्धुपाल्चोकको बैठक सम्पन्न

सिन्धुपाल्चोक । नेकपा एमाले निकट नेपाल बौद्धिक परिषद सिन्धुपाल्चोक जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । शुक्रबार  जिल्ला अध्यक्ष राधाकृष्ण श्रेष्ठको अध्यक्षतामा र बौद्धिक परिषदका सचिवालय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज शिवराम भट्टराईको प्रमुख आतिथ्यतामा बसेको बैठकले जिल्लाको सन्दर्भमा विभिन्न निर्णय गरेर बैठक सप्पन्न गरेको हो । उक्त बैठकले  सिन्धुपाल्चोकको सबै पालिकामा संगठन विस्तार गर्ने, नयाँ सदस्यता विस्तार गर्ने, नेकपा एमाले सिन्धुपाल्चोकले यहि आउदो १४ गते आयोजना गरेको जनसंगठनहरुको भेलामा सक्रिय सहभागिता जनाउने, प्रदेश र केन्द्रका निर्देशनहरु पुरा गर्ने, सिन्धुप्रज्ञा प्रकाशन गर्ने निर्णय गरेको कुरा जिल्ला अध्यक्ष राधाकृष्ण श्रेष्ठले बताउनु भयो । सिन्धुपाल्चोकको समेत इन्चार्ज रहनु भएका सचिवालय सदस्य शिवराम भट्टराईले बैठकलाइ सम्बोधन गर्दै नेपाल बौद्धिक परिषद भनेको एमालेलाइ पनि सहि दिशामा अगाडि बढाउन सल्लाह सुझाव दिने संगठन भएको बताउदै त्यस संगठनले विभिन्न विषयमा बहस छलफल गर्ने गराउने, एमालेको नीति तथा कार्यक्रमलाइ सहयोग गर्ने, जिल्लामा पनि एमालेले तय गरेको कार्यक्रमहरुलाइ  सहयोग पुर्‍याउने बताउनु भयो । बौद्धिक परिषद गठन नभएका सिन्धुपाल्चोकका केहि पालिकाहरुमा कमिटी गठन गर्न,  सिन्धुप्रज्ञा प्रकाशन गर्न विभिन्न जिम्मेवारी पनि तोकिएको छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.