२५ चैत २०८२, बुधवार

मेलम्चीमा उद्यमशीलता प्रवर्द्धन  तालिम  सम्पन्न

मेलम्ची । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको मेलम्ची शाखाले महिलाको उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरेको एकदिने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा महिलाहरूलाई आत्मनिर्भर बनाउने, सीप विकास गर्ने तथा आयआर्जनका अवसरहरू पहिचान गर्ने विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी महिलाहरूलाई साना उद्यम कसरी सुरु गर्ने, सञ्चालन गर्ने र विस्तार गर्ने भन्नेबारे व्यवहारिक जानकारी दिइएको थियो। साथै उनीहरूको क्षमता अभिवृद्धि गर्दै आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित विभिन्न विषयमा छलफल गरिएको थियो।

मेलम्ची क्षेत्रमा महिलाको सशक्तीकरणमा सक्रिय भूमिका खेल्दै आएको संस्थाले यस अवसरमा उद्यमशीलता विकासका विविध पक्षहरूमा अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरेको थियो। विगतदेखि नै महिलालाई केन्द्रमा राखेर बिना धितो कर्जा उपलब्ध गराउँदै आएको संस्थाले गाउँ–गाउँमा पुगेर बचत तथा लगानी सम्बन्धी सचेतना फैलाउँदै आएको छ।

कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका ३२ जना महिलाहरूको सहभागिता रहेको थियो। उनीहरूले आफ्ना योजना, सम्भावना, चुनौती र समाधानका उपायहरूबारे खुला रूपमा विचार राखेका थिए। प्रदेश प्रबन्धक विद्या बज्राचार्य ले ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरणमा संस्थाले निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै महिलाहरू आफैं अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। बदलिँदो समयमा ज्ञान, सीप र दक्षताको विकास अपरिहार्य रहेको उहाँको भनाइ थियो।

त्यसैगरी कार्यक्रममा संस्थाबाट कर्जा लिएर सफल व्यवसाय सञ्चालन गरिरहेका महिलाहरूले आफ्ना अनुभव सुनाउँदै अरूलाई पनि उद्यमतर्फ प्रेरित गरेका थिए।

कार्यक्रमकी प्रमुख अतिथि तथा उमा प्रधान ले सहभागीहरूले उठाएका माग र योजनाहरूलाई स्थानीय तहले आगामी कार्यक्रमहरूमा समेट्ने प्रयास गर्ने बताउनुभयो। उहाँले स्थानीय सरकार, वित्तीय संस्था र समुदायबीच सहकार्य भएमा महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियान अझ प्रभावकारी बन्ने धारणा व्यक्त गर्नुभयो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.