२० साउन काठमाडौं । संघीय निजामती सेवा विधेयक निर्माणको क्रममा भएको त्रुटि( कुलिङ पिरियड) को बारेमा छानबिन गर्न गठित समितिले आज प्रतिनिधि सभामा प्रतिवेदन बुझाउने भएको छ । २९ औं दिनको ३७ औं बैठकले छानबिन कार्य सम्पन्न गरेपछि प्रतिवेदन प्रतिनिधि सभामा बुझाउने भएको हो ।
उक्त छानबिन समिति सदस्य तथा माओवादी केन्द्रबाट प्रतिनिधित्व गरेका सांसद माधव सापकोटा 'सुबोध'ले दिएको जानकारी अनुसार आज प्रतिवेदन प्रतिनिधि सभा पेश गरिने छ । सांसद सापकोटाले "संघीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएको विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिको महत्वपूर्ण कार्य सम्पन्न भएको छ। निरन्तर २९ दिनसम्म ३७ वटा बैठक तथा दिनरातको अथक मेहनतपश्चात समितिले आफ्नो प्रतिवेदनमा हस्ताक्षर गरेको छ, जुन प्रतिवेदन आजको प्रतिनिधि सभा बैठकमा पेश गरिनेछ। यस महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा परोक्ष रूपमा साथ र सहयोग गर्नुहुने सबै महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दछु" भनेका छन ।
संघीय निजामती सेवा बिधेयक समितिले कुलिङ्ग पिरियडको बारेमा पास गरेको एउटा तर प्रतिनिधि सभामा पेश हुँदा केहि थपघट गरिएको पाइएपछि कसरी त्यस्तो गम्भीर गल्ति भयो भनेर प्रतिनिधि सभामा छानबिन समिति बनेको थियो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.