२० साउन , काठमाडौं । आज बागमती प्रदेशले नयाँ सरकार पाउदै छ । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नियुक्त भएपछि यो प्रदेशले नयाँ सरकार पाउने भएको हो ।
बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेस गरेका थिए । निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो २ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।
बानियाँले नेपाली कांग्रेसका ३७ र सत्ता साझेदार नेकपा एमालेका २७ सांसदको समर्थनसहित कुल ६४ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि आवश्यक न्यूनतम बहुमत ५६ सांसदको समर्थन हो।
प्रदेश प्रमुख देवकोटाले दिउँसो २ बजेपछि बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारीसंगै प्रदेश प्रमुख कार्यालयका अनुसार बानियाँको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम आज दिउँसो ४ बजेका लागि तय गरिएको बुझिएको छ। शपथपछि बानियाँले मन्त्रिपरिषद् विस्तारसमेत गर्ने तयारी गरेका छन्।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.