बलेफी, साउन २१ । बलेफी हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पुँजीको अनुपातमा शतप्रतिशत हकप्रद शेयर (Rights Share) निष्काशन गर्ने भएको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
कम्पनीले १८८ मेगावाट क्षमताको सुर्के दुधकोशी जलविद्युत आयोजनामा स्वपुँजीका रूपमा लगानी गर्नका लागि १:१ को अनुपातमा हकप्रद शेयर ल्याउन लागेको हो। यसअनुसार, हाल कम्पनीका शेयरधनीहरूले स्वामित्वमा रहेको एक शेयर बराबर थप एक शेयर खरिद गर्न पाउनेछन्।
हाल बलेफी हाइड्रोपावरको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ रहेको छ। १:१ अनुपातको हकप्रदपछि कम्पनीको चुक्ता पुँजी दोब्बर भई ७ अर्ब ३१ करोड १८ लाख ८० हजार रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रदबाट उठ्ने रकम सुर्के दुधकोशी जलविद्युत आयोजना निर्माणमा प्रयोग गर्ने बताएको छ। यो आयोजना कम्पनीका लागि दीर्घकालीन राजस्व श्रोतका रूपमा विकास गरिने लक्ष्य लिइएको छ।
आगामी दिनमा कम्पनीले नेपाल धितोपत्र बोर्ड (SEBON) मा स्वीकृति प्रक्रियाका लागि आवश्यक कागजातहरू बुझाउने र त्यसपछिको कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिइएको छ।
शेयरधनी तथा लगानीकर्ताले कम्पनीको हकप्रद निष्कासन निर्णयलाई सकारात्मक रूपमा लिएको देखिएको छ। यसले कम्पनीको पूँजी संरचना बलियो बनाउनुका साथै जलविद्युत क्षेत्रको विकासमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.