१३ भदौ २०८२, शुक्रवार

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलिलाइ चिट्ठी

 प्रधानमन्त्री,  कमरेड के पि शर्मा ओली ज्यु  र श्रद्धेय सबै कमरेडहरु,

    आफ्नो टाउको कनाउदै छारो उडाएर मैले ज्यादै उचित कार्य गर्दैछु जस्तो आभाष गरिरहनु भएको छ । यो कार्य तपाईं र तपाईंले माया गरेको पार्टीको हित विपरीत  हुनेछ कि भनेर पनि सोचिरहनु भएको छैन भने तपाईं र तपाईं जस्ता कार्यकर्ता र नेतृत्वले नेकपा एमाले के हाक्नु होला र म र म जस्ता लाखौं एमालेका शुभचिन्तक र कार्यकर्ताले के अपेक्षा गर्ने ? पार्टी भित्र अनेकौं अन्तर विरोध र चित्त नै नबुझ्ने क्रियाकलाप भएको छ ! यि समस्याको समाधान सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा पोख्नु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु जस्तै हो । के जनवादी केन्द्रीयता भनेको यही हो ? 

 आम मतदातालाई त मेरो पार्टीले जिते हुने थियो सरकारमा पुगेर किसान मजदुर र गरिबको हितमा कार्यक्रम ल्याईदिए हुने थियोे जस्तो लाग्छ भने हामी र हामी भन्दा उच्च जिम्मेवारीमा रहनु भएका नेतृत्वलाई एमाले फल्नु फुल्नुमा पक्कै अझै धेरै गर्व महशुस होला भन्ने कुरामा पक्कै दुईमत नहोला । हामीलाई हाम्रो पार्टीको यति धेरै चिन्ता छ भने श्रद्धेय अध्यक्ष ज्यु लाई पार्टीको अझै धेरै चिन्ता होलानि ? पक्कै छ र नै राष्ट्रपतिको अवसर पार्टीले पाएको समयमा अहिले न्याय नगरे कहिले गर्ने भन्ने सोचेर कमरेड विद्या भण्डारीलाई बिरासत मा राष्ट्रपतिको अवसर दिएको हो नि । त्यो समयमा कमरेड झलनाथ खनाल, साहना प्रधान र अष्टलक्ष्मि शाक्य जस्ता दर्जनौं नेताले आफुलाई राष्ट्रपति बनाए हुने थियो भनेर नेतृत्वको ध्यानाकर्षण गरेको  हामीलाई जगजाहेर छ । सबैभन्दा अब्बल भएको हुनाले कमरेड विद्यालाई राष्ट्रपति बनाएको होइन भन्ने कुरा हामीलाई थाहा छ र त्यो समयमा पनि हामी पार्टी नेतृत्व संग अलिक रिसाएका थियौं । 

 हामीलाई यत्रो चिन्ता छ भने अध्यक्ष कमरेड लाई कति धेरै होला नि ! विपक्षीहरुले एमाले भाले कि पोथी भनेर हामीलाई अनुत्तरित पारेको बिगतको समय पक्कै सबै कमरेडले भुल्न भएको छैन । कमरेड के पि ले पार्टी हाँकेपछि हामी भाले भएको पुष्टि पनि त भएको थियो नि होइन र ? जिम्मेवारी अनुसारको चासो र चिन्तन सबैलाई छ र हुनु पनि पर्नेछ । कहिलेकाही त्यो भन्दा धेरै चासो र चिन्ता पनि त हुन्छ नि के यसो हुनु चाहि स्वभाविक होइन र ?

  मदन भण्डारी फाउन्डेसन खोलेपछि के पि कमरेडलाई कामयावि बनायो । बाँदरले पुच्छर हल्लाउनु पर्नेमा २०७४ देखि पुच्छरले बाँदर हल्लाएर हो नि ३ नम्बर प्रदेशको मुख्यमन्त्री कमरेड डोरमणी बनेको ! होइनर ? त्यो समयमा

अध्यक्ष कमरेडले गल्ती नगरेको भए पार्टी बिभाजन हुने थियननी ? महाकाली सन्धि कि सम्झौता भने जस्तो केही राष्ट्रिय विषय त थिएननि माधव कमरेडले पार्टी टुक्राउदा । मदन भण्डारी फाउन्डेसनले २०७९ मा भएको राष्ट्रपतिको निर्वाचनमा पनि अक्षेम्य गल्ती गरेको कारण नेकपा एमालेले राष्ट्रपति गुमाएको जगजाहेर छ । हो यसरी पुच्छरले बाँदर हल्लाउन थालेपछि पुच्छर काट्न नसक्नु अध्यक्ष कमरेडको ठुलो गल्ती थियो । अझै पनि मदन भण्डारी फाउन्डेसन बिगठन गर्नु भएन भने झन् ठुलो क्षेति व्यहोर्नुपर्ने हुनसक्छ ! 

   अब निकट समयमा पार्टीको एघारौं महाधिवेशन आउदैछ यसको नेतृत्व सर्बोत्कृष्ट भए हुनेथियो भन्ने चासो सबैलाई हुने कुरा हो । हामी सच्चा समाजवादी कार्यकर्ता हामीलाई जब जिम्मेवारी थप हुनेछ तब हामी अझै उत्कृष्ट क्रियाकलापमा लाग्नेछौ र लागिपरेका पनि छौँ । यो स्वभाविक पनि हो । अध्यक्ष कमरेडले अबको नेतृत्व शंकर पोख्रेलले सम्हाल्न पर्छ भनेर पदाधिकारी बैठकमा कुनै बेला कुरा चलेको थियो रे ! त्यहि कुराले कमरेड ईश्वर पोख्रेलको मनमा भुकम्प गएको थियो र जानू स्वभाविक पनि त हो । हामीलाई पनि जान्छ नि होइन र सिन्धु र किसान महासंघका नेता ज्यु हरु पहिले आफू भन्दा तल्लो जिम्मेवारीमा रहेका क्षमतावान मान्छे सलवलाएको देखियो भने त निमोठ्नै पर्छ नि होइन र ? हो  तपाईंहरूलाई भएको जस्तै भएको छ हजारौं एमाले नेतालाई ! अब  यो भन्दा माथिल्लो जिम्मेवारी नपाउने डर मात्रै होइन कन्फर्म नै भए पछि .... हुनु स्वभाविक हो । 

    मनले एमाले छाडिसकेको तर देखावटी रुपमा छाडिनसकेका नेकपा एमालेका २०% कार्यकर्ता र १०% मतदाता छन् ! यस्तो अवस्था सृजना हुनुमा नेकपा एमालेका नेतृत्वको रबैया हो भन्ने ठहर छ मेरो । विपक्षीहरुलाई नेकपा एमाले अति राम्रो लाग्दा पनि एमाले छाड्न पर्छकि भन्ने सोचाइमा धेरै कार्यकर्ता  हुनुहुन्छ, मेचीमहाकालीको मेरो यात्रामा ४००-५०० जनाले एमाले छाड्ने कुरा गर्नु भएको थियो मैले मेरो बुद्धिले भ्याए सम्म सम्झाउने प्रयास गर्दा ९०% ले भनेको मान्नु भएको पनि थियो ।

  विधान महाधिवेशनमा उमेर हद ७० हटाउने कुरामा बहुसंख्यक नेतृत्व सहमतिमा पुग्नु भएको थियो यो अति राम्रो भयो तर अझै राम्रो गर्ने हो भने उमेर हद ६५ बर्ष मात्रै गरेर प्रधानमन्त्री राष्ट्रपति र पदाधिकारीलाई संरक्षकको भुमिकामा राख्नु पर्नेछ । म मरे मुलुक डुब्ने छ वा आफू मरे डुमै राजा भन्नू अवस्य उचित होइन । कमरेड विद्या कमरेड के पि ओलिको समकक्षी, प्रतिस्पर्धी र विकल्प होइन केही एमाले बलियो भएको देख्न नचाहने शक्तिकेन्द्रले उक्साउनु अस्वोभाविक होइन पनि ।

धन्यवाद , शुभ बिहानी  । एमाले जिन्दावाद !!!!! देवशंकर कार्की , सिन्धुपाल्चोक 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.