१३ भदौ २०८२, शुक्रवार

अमेरिका ,जस्तो देखियो ,तेस्तै लेखियो ,( अंक २ )

 तिर्थराज ढकाल ,बाह्रबिसे ९, राम्चे सिन्धुपाल्चोक

( च) सुरक्षाको प्रत्याभूति :   केही छिटपुट घटनाहरूलाई अपबादको रूपमा लिने हो भने ,नागरिकहरूलाई सुरक्षाको अनुभूति दिलाउन राज्य पूर्णरूपले सफल छ .भन्दा फरक नपर्ला। समाजमा शान्ति सुब्यवस्था कायम राख्न  प्रहरी प्रशासनको सशक्त भूमिका रहेको हुन्छ।जनसुरक्षा  ,बिपद् ब्यवस्थापन ,अपराध पहिचान ,अनुसंधान ,प्रमाण संकलन ,अपराधीको खोजि गर्ने ,नियन्त्रणमा लिने ,र अपराधीलाई कार्बाही गर्ने काममा  प्रहरीहरू असाध्यै सचेत छन ।कानूनी राज्य भएकोले यहॉ कानुनको कार्यान्वयन पक्ष बलियो छ।कानून सर्वोपरि छ ।कानून उल्लघंन गर्नेलाई कडा कार्बाही हुन्छ।प्रहरीको कब्जामा परेको अपराधी कुनै पनि  हालतमा उम्कन पॉउदैन।उसका लागि सजाय भोग्ने ,या अदालत जाने दुई मात्र विकल्प हुन्छ।घूस ,भनसुन पावर केही चल्दैन।।दुई वर्ष अघि न्युवर्कको सिनेटअध्यक्ष ( सभामुख ) को श्रीमानले मादक पदार्थ सेवन गरेर गाड़ी चलाएको अभियोगमा जेल गएको घटनाले निकै चर्चा पाएको थियो।

              अमेरिकामा प्रहरीको फैसला चित्त नबुझे अदालत जान पाइने कानुनी ब्यवस्था छ।अदालतमा उजुरी परेमा प्रहरीले अभियुक्तलाई दोषी करार गर्न प्रमाणहरू पेश गर्नु पर्छ।यदि अपराध पुष्टि नभए मागबमोजिम क्षतिपूर्ति ब्यहोर्नु पर्छ। यथेष्ट प्रमाण संकलन गरेर मात्र अपराध अनुसंधान हुन्छ।

तेसैले निर्दोष फस्ने संभावना हुदैन। कडा कानून भएकोले अपराधिक घटनाहरू नियन्त्रण हुन्छन।ब्यक्तिहरू पूर्णरूपले सुरक्षित महशुस गर्छन।यहॉ एक जना महिला रातको जुनसुकै समय पनि आवतजात गर्न सक्ने वातावरण छ।बस्तीमा एउटामात्र नेपालीको घर भएपनि उ बिना डरत्रास बस्न सक्छ।९११ नंबरमा फोन गर्नासाथ तत्कालै प्रहरीको गाडी, एम्बुलेन्स र दमकल उपस्थित हुन्छन।मानिस शान्त र सुरक्षित वातावरणमा बस्न रुचाउने शान्तिप्रिय प्राणी भएको र यहॉ त्यो वातावरण प्राप्त भएकोले पनि अमेरिकाप्रति मानिसको आकर्षण बढेको हुनसक्छ ।

       ( छ)।   केही प्रचलित नियम कानूनहरू:

             अमेरिकाको केही प्रचलित नियम कानूनहरू लाई निम्नअनुसारका बुदाहरूमा उल्लेख गरिन्छ ।

    (१)केटाकेटीलाई कुटपिट गर्न नपाइने ,यदि गरेको पुष्टि भएमा केटाकेटीहरूलाई प्रहरीले आमाबुवाबाट छुटाएर आफ्नो संरक्षणमा राख्ने र कहिल्यै पनि अभिभावकलाई फीर्ता नगर्ने ।

(२) २१ वर्षभन्दा कम उमेरका ब्यक्तिले अल्कोहलजन्य र सुर्तीजन्य पदार्थहरु बिक्री तथा सेवन गर्न नपाइने।

        (३)१६ वर्षभन्दा मुनिका ब्यक्तिहरूले गाड़ी चलाउन नपाइने।

   (४) गाडीमा यात्रा गर्दा शिशुहरूलाई काखमा राख्न नपाइने ,अलग्गै कारसिटमा  राख्न पर्ने।

   (५) १२ वर्षभन्दा मुनिका बच्चाहरुलाई एक्लै घरमा छाड्न नपाइने ( राज्यअनुसार उमेरको हद फरक पनि हुन सक्छन )

   (६)   १० वर्षभन्दा मुनिका बच्चाहरू गाडीको अघिल्लो सिटमा बस्न नपाइने।( राज्यअनुसार उमेरको हद फरक पनि हुन सक्छन ) 

   (७) मादक पदार्थ सेवन गरेर गाडी चलाउन नपाइने।(८)।  घरअगाडि लुगा सुकाउन नपाइने।

   (९) जति हतार भएपनि रोकि राखेको स्कूलबसलाई ओभर टेक गर्न नपाइने।

(१०)।    जेब्राक्रसिंमा बाटो काट्दा पैदल यात्री लाई प्राथमिकता दिनु पर्ने।

(११)।  खुल्ला अल्कोहलजन्य पदार्थ गाडीमा बोक्न नपाइने।

(१२) चिकित्सकले बिरामीको श्वास्थ्य परिक्षणको रिपोर्ट उसको अनुमतिबिना कोही कसैलाई भन्न नपाइने।

(१३) विशेषज्ञता हासिल नगरेका चिकित्सकहरूले क्लिनिक खोल्न वा क्लिनिकमा काम गर्न नपाइने।कसैबाट नियम कानूनको उलंघन भएमा कडा कार्बीही हुने ।

    ( ज)। श्वास्थ्य सेवा :

       अमेरिकाको श्वास्थ्य  सेवा प्रणाली दुई प्रकारका छन 

(१) निजी श्वास्थ्य बिमा (२) सरकारी कार्यक्रम )

यहॉ प्राय उपचारखर्च बिमा कम्पनिले बेहोर्छ ।यसभित्र डक्टर भेट ,उपचार ,औषधी सबै पर्दछन ।केही निश्चित रोगहरूको थोरै रकम ब्यक्तिले पनि तिर्न पर्ने हुन्छ तर किस्ताम तिर्न  पाइने सुबिधा छ ।गैह्र बिमितहरूको हकमा पनि रकम अग्रिम डिपोजिट गर्न पर्दैन ।उपचारपछि संबन्धित ब्यक्तिले किस्तामा भुक्तानी गर्न पॉउछ।फोनमा डक्टरसंग परामर्श लिन सकिन्छ ।चेक गराउन पहिल्यै समय लिनु पर्छ ।फलोपको लागि तोकिएको मितिभन्दा एक दिन अगाडि हस्पिटलले सूचना गर्छ।सुबिधासम्पन्न र प्रबिधियुक्त हस्पिटलहरूमा दक्ष तथा अनुभवी डक्टरहरू द्वारा सेवा प्रदान गरिन्छ ।पशुसेवामा पनि राज्य संवेदनशील छ ।कुकुरहरूको पनि बिमा गरिएको हुन्छ।हस्पिटलहरूमा कुकुर संबन्धी विशेषज्ञहरू भएको छुट्टै विभाग हुन्छ ।त्यहॉ कुकुरहरूलाई नियमित जॉच तथा उपचार गराइन्छ ।बेवारिसे कुकुरहरूको लागि अनाथालयको  ब्यवस्था छ।कुकुरलाई स्याहार गर्न डग बोर्डिंहाउसको ब्यवस्था छ।

    अमेरिकामा सरकाद्वरा संचालित दुईवटा श्वास्थ्य  कार्यक्रमहरू छन।त्यसलाई मेडिकेयर र मेडिकेट भनिन्छ।मेडिकेयर भनेको ६५ वर्ष वा सोभन्दा माथिका वयस्क ब्यक्तिहरूलाई अस्पताल सेवा ,चिकित्सकीय सेवा ,श्वास्थ्य सेवा प्रदान गर्ने संघीय श्वास्थ्य कार्यक्रम हो ।मेडिकेट भनेको कम आय भएका ब्यक्तिहरूलाई बिभिन्न किसिमका श्वास्थ्य सेवा प्रदान गर्ने सरकारी कार्यक्रम हो ।यो संघीय र राज्य सरकारको संयुक्त कार्यक्रम हो ।दुबै कार्यक्रमले अमेरिकाको विभिन्न जनसंख्या समूहलाई  श्वास्थ्य सेवा पहुंच सुनिश्चित गर्न सहयोग गर्छ।  क्रमश: ...... अर्कान्सस् अमेरिका,२८ अगष्ट २०२५‘

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.